2 April 2025
KALIKATIMES.COM

माहामारीको समयमा जनताको सेवामा अग्रसर हुन स्थानिय सरकारलाई साहकाे आग्रह

वीरगंज । विश्वव्यापी रुपमा महमारीको रुपमा रहेको कोरोना भाइरसबाट बच्नका लागी सम्पूर्ण कालिकामाई गाउँपालिका वासिहरुलाई घरमा बस्न नेपाली काङ्ग्रेस कालिकामाई गाउँपालिकाकी सह संयोजक कुन्ती देबी साहले आग्रह गर्नु भएको छ ।

उंहाले आज एक प्रेस विज्ञप्ती जारी गर्दै आआफ्नो घरमा बसी केन्द्र सरकारद्वारा लागु लकडाउनको पुर्ण रुपमा पालना गर्न आग्रह गर्नु भएको हो । यसका सथै उंहाले साथै गाउँपालिकाको सम्पूर्ण वडामा रहेका स्वास्थ्य चौकीलाई आपत्कालिन अवास्था सम्म कम से कम ९ बजे देखी ५ बजे सन्चालन गर्नु पर्ने र विदाको दिन शनिबार पनि स्वास्थ्य संस्था सन्चालन गरिदिनुहुनको लागि हार्दिक अपिल गर्नु भएको हो ।

उंहाले महमारीको आवस्थामा पनि कालिकामाई गाउँपालिकाको स्थानिय सरकार मौन रहेकोले आम सर्बसधारण जनताको सेवामा अग्रसर हुन गा.पा. प्रमुख, उपप्रमुख र वडाअध्यक्षहरु समक्ष प्रेस विज्ञप्ती मार्फत आग्रह समेत गर्नु भएको छ । यसका साथै गा.पा.का सम्पूर्ण वडाका नेपाली कांग्रेस सँग सम्बन्धीत सम्पूर्ण नेता, कार्यकर्ता र अगुवाहरुलाई यस्तो महामारीको दुखद घडीमा सम्पूर्ण सर्वसधारणमा सहयोग गर्न र सेवामा अग्रसर हुन समेत उंहाले अपिल गर्नु भएको छ ।

सह संयाेजक साहले जारी गर्नु भएको प्रेस विज्ञप्ती मार्फत नै महमारीको समयमा आफ्नो जिवज्यान लगाएर जनताको सेवा र सुरक्षामा लागेको प्रहरी प्रशासन, स्वास्थ्यकर्मी, सञ्चारकर्मीलाई समेत बिशेष धन्यवाद ज्ञापन समेत गर्नु भएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

एमालेको सड़क प्रदर्शनले सरकारको असफलतालाई पुष्टी गर्छ : प्रभु साह

कालिका टाईम्स

पर्सागढीकाे शिक्षक नियुक्ति विवाद अदालत सम्म पुग्याे

कालिका टाईम्स

फस्ट स्टेप प्रिस्कुलकाे दाेस्राे बार्षिकाेत्सव सम्पन्न

कालिका टाईम्स
SQL requests:214. Generation time:5.517 sec. Memory consumption:82.49 mb