24.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

सहकारीकाे अति आवश्यक काराेबार १० बजेदेखि २ बजेसम्म

वीरगन्ज । जिल्ला बचत तथा ऋण सहकारी संघ लि. पर्साको आज बसेको बैठकले विभिन्न ३ बुंदे निर्णय गरेको छ ।

संघका राजेश पंडित तथा संघका प्रमुख सल्लाहकार एवं राष्ट्रिय सहकारी विकास बोर्ड नेपालका संचालक सदस्य शम्भु प्रसाद गुप्ताको विशेष उपस्थितिमा बसेको बैठकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सम्बन्धि विभिन्न तीनबुंदे निर्णय गरेको संघका सचिव पन्नालाल महतोले बताए । बैठकबाट जिल्लाभरि रहेका यस संघसँग आबद्ध सम्पूर्ण सँस्थाहरुले नगद सम्बन्धि कारोबार संचालन गर्ने समय विहान १० बजेदेखि दिउँसो २ बजेसम्म रहने र अति आवश्यक काम बाहेक अन्य काम अर्को निर्णय नभएसम्म बन्द रहने निर्णय भएकाे छ ।

यसका साथै कोरोना रोकथाम तथा नियन्त्रणको लागि आआफ्नो सँस्थाका कर्मचारी तथा सदस्यहरुलाई भीडभाडमा नजान, साबुन पानीले २० सेकेन्डसम्म मिची मिची हात धुन, माक्स प्रयोग गर्न, सेनेटाइजरको प्रयोग गर्न जस्ता जनचेतना फैलाउन प्रोत्साहित गर्ने र गराउने तथा अन्तर्राष्ट्रिय एवं राष्ट्रिय स्तरको विपतको घडीमा सम्पूर्ण सँस्थाहरुले सम्बन्धित निकायहरुसँग समन्वय गरि आर्थिक सहयोग जुटाई सहयोग गर्ने निर्णय गरिएको सचिव महतोले बताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

साना किसान कृषि सहकारी संस्थाको पाँचौ साधारण सभा सम्पन्न

कालिका टाईम्स

‘नेरुडे-मिर्मिरे’ लघुवित्त वित्तीय सँस्थामा अनिश्चितकालीन तालाबन्दी

कालिका टाईम्स

बीवाईडी कम्पनीको गाडी खरिद गर्न सिटिजन्स बैङ्कले फाइनान्सिङ सुविधा उपलब्ध गराउने

कालिका टाईम्स
SQL requests:215. Generation time:3.700 sec. Memory consumption:81.6 mb