Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

वीरगंज राजधानी हुने सम्भवना बढ्याे : सांसद साह

spot_img
spot_img

वीरगंज । प्रदेश २ काे नामाकरण र स्थायी राजधानीकाे लागि मंगलबार मतदान भए पनि टुंगाे लाग्न सकेन् । प्रदेशकाे नाम र स्थायी राजधानीकाे लागि दर्ता भएकाे सबै प्रस्ताव बहुमत संख्या नपुगे पछि अस्वीकृत भयाे ।

राजधानीकाे लागी सतारुढ दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)ले संयुक्त रुपमा दर्ता गराएकाे जनकपुरधामकाे पक्षमा ५२ र विपक्षमा ५२ मत परेकाे थियाे । ३ मत बदर भएकाे थियाे । नेपाली कांग्रेसका सांसद राजेशवर साहले दर्ता गराएकाे वीरगंजकाे पक्षमा ३३ र विपक्षमा ७२ मत परेकाे थियाे ।

सतारुढ दलले दर्ता गराएकाे स्थायी राजधानी जनकपुरधामकाे प्रस्ताव अस्वीकृत भए पछि वीरगंजकाे सम्भावना बढेर गएकाे सांसद साहले वताएका छन् । कालिका टाइम्स संग कुरा गर्दै सांसद साहले जनकपुरधामकाे प्रस्ताव समेत अस्वीकृत भए पछि वीरगंजकाे सम्भावना बढेर गएकाे प्रतिकृया दिए ।

प्रदेशकाे राजधानी हरेक दृष्टिकाेणले वीरगंज नै उपयुक्त रहेकाे जिकिर गर्दै सांसद साहले यसकाे लागि पहल जरुरी रहेकाे वताए ।

यस्तै नामाकरण मतदानबाट पनि टुंगाे लाग्न सकेन । सतारुढ गठबन्धन समाजवादी पार्टी र राजपाले दर्ता गराएकाे प्रस्ताव मधेश प्रदेश अस्वीकृत भए पछि टुंगाे लाग्न सकेन । मधेश प्रदेशकाे पक्षमा ६० र विपक्षमा ४६ मत परेकाे थियाे । नेकपाले दर्ता गराएकाे प्रस्ताव जानकी प्रदेशकाे पक्षमा ३७ मत र विपक्षमा ७० मत खसेकाे थियाे । नेपाली कांग्रेसले दर्ता गराएकाे प्रदेशकाे नाम “मिथिला -भाेजपुरा” काे पक्षमा २८ मत र विपक्षमा ७९ मत परेकाे थियाे ।

नेपाली कांग्रेस र नेकपाले दलिय रुपमा दर्ता गराएकाे “मिथिला -भाेजपुरा” र जानकरी प्रदेशकाे पक्षमा परेकाे मत भन्दा साेही नेपाली कांग्रेसका सांसद साहले दर्ता गराएकाे “मध्य मधेश” प्रदेशकाे पक्षमा बढी मत परेकाे थियाे । साहले दर्ता गराएकाे मध्य मधेशकाे पक्षमा ४२ मत र विपक्षमा ६५ मत परेकाे थियाे ।

प्रदेशकाे नाम पनि मध्य प्रदेश नै उपयुक्त रहेकाे सांसद साहकाे दाबी छ । मधेशी दलहरुले नै विगतमा २२ जिल्लाकाे मधेश प्रदेश भन्दै आएकाे र साेहि दलहरुले समग्र मधेश र स्वत प्रदेशकाे माग समते गर्दै आएकाेले ८ जिल्लाकाे प्रदेशकाे नाम मधेश प्रदेश उपयुक्त नरहेकाे साहकाे भनाई छ । प्रदेशकाे नाम “मध्य मधेश” प्रदेश भए सबै धर्म, जाति, पार्टी अटने खाले हुने र मधेशकाे लागि कालखण्ड देखी नै लडेका र सहिद भएकाहरुकाे सपना पनि सहकार हुने कालिका टाईम्स संगकाे कुराकानीमा उनले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी गरेको छ । प्राकृतिक विपद् तथा अन्य जोखिमबाट सरकारी संरचनामा हुनसक्ने...

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसका महामन्त्री पौडेलको आह्वान

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान...

एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ । ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता भएको छ । उक्त टोली आइतबार अबेर काठमाडौँ आइपुगेको...