Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

वीरगंज राजधानी हुने सम्भवना बढ्याे : सांसद साह

spot_img
spot_img

वीरगंज । प्रदेश २ काे नामाकरण र स्थायी राजधानीकाे लागि मंगलबार मतदान भए पनि टुंगाे लाग्न सकेन् । प्रदेशकाे नाम र स्थायी राजधानीकाे लागि दर्ता भएकाे सबै प्रस्ताव बहुमत संख्या नपुगे पछि अस्वीकृत भयाे ।

राजधानीकाे लागी सतारुढ दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)ले संयुक्त रुपमा दर्ता गराएकाे जनकपुरधामकाे पक्षमा ५२ र विपक्षमा ५२ मत परेकाे थियाे । ३ मत बदर भएकाे थियाे । नेपाली कांग्रेसका सांसद राजेशवर साहले दर्ता गराएकाे वीरगंजकाे पक्षमा ३३ र विपक्षमा ७२ मत परेकाे थियाे ।

सतारुढ दलले दर्ता गराएकाे स्थायी राजधानी जनकपुरधामकाे प्रस्ताव अस्वीकृत भए पछि वीरगंजकाे सम्भावना बढेर गएकाे सांसद साहले वताएका छन् । कालिका टाइम्स संग कुरा गर्दै सांसद साहले जनकपुरधामकाे प्रस्ताव समेत अस्वीकृत भए पछि वीरगंजकाे सम्भावना बढेर गएकाे प्रतिकृया दिए ।

प्रदेशकाे राजधानी हरेक दृष्टिकाेणले वीरगंज नै उपयुक्त रहेकाे जिकिर गर्दै सांसद साहले यसकाे लागि पहल जरुरी रहेकाे वताए ।

यस्तै नामाकरण मतदानबाट पनि टुंगाे लाग्न सकेन । सतारुढ गठबन्धन समाजवादी पार्टी र राजपाले दर्ता गराएकाे प्रस्ताव मधेश प्रदेश अस्वीकृत भए पछि टुंगाे लाग्न सकेन । मधेश प्रदेशकाे पक्षमा ६० र विपक्षमा ४६ मत परेकाे थियाे । नेकपाले दर्ता गराएकाे प्रस्ताव जानकी प्रदेशकाे पक्षमा ३७ मत र विपक्षमा ७० मत खसेकाे थियाे । नेपाली कांग्रेसले दर्ता गराएकाे प्रदेशकाे नाम “मिथिला -भाेजपुरा” काे पक्षमा २८ मत र विपक्षमा ७९ मत परेकाे थियाे ।

नेपाली कांग्रेस र नेकपाले दलिय रुपमा दर्ता गराएकाे “मिथिला -भाेजपुरा” र जानकरी प्रदेशकाे पक्षमा परेकाे मत भन्दा साेही नेपाली कांग्रेसका सांसद साहले दर्ता गराएकाे “मध्य मधेश” प्रदेशकाे पक्षमा बढी मत परेकाे थियाे । साहले दर्ता गराएकाे मध्य मधेशकाे पक्षमा ४२ मत र विपक्षमा ६५ मत परेकाे थियाे ।

प्रदेशकाे नाम पनि मध्य प्रदेश नै उपयुक्त रहेकाे सांसद साहकाे दाबी छ । मधेशी दलहरुले नै विगतमा २२ जिल्लाकाे मधेश प्रदेश भन्दै आएकाे र साेहि दलहरुले समग्र मधेश र स्वत प्रदेशकाे माग समते गर्दै आएकाेले ८ जिल्लाकाे प्रदेशकाे नाम मधेश प्रदेश उपयुक्त नरहेकाे साहकाे भनाई छ । प्रदेशकाे नाम “मध्य मधेश” प्रदेश भए सबै धर्म, जाति, पार्टी अटने खाले हुने र मधेशकाे लागि कालखण्ड देखी नै लडेका र सहिद भएकाहरुकाे सपना पनि सहकार हुने कालिका टाईम्स संगकाे कुराकानीमा उनले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...