Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

राष्ट्रिय प्रारम्भीक पढाई कार्यक्रम प्रभावकारी भएकाे ठहर

spot_img
spot_img

वीरगंज । शिक्षा विकास तथा समन्वय ईकाई पर्साको आयोजनामा राष्ट्रिय प्रारम्भीक कक्षा पढाई कार्यक्रमको कार्यन्वयन, प्रभाव र निरन्तरता सम्बन्धी ४ दिने अन्तरक्रिया कार्यक्रम आइतबार सम्पन भएको छ ।

शिक्षा विकास समन्वय ईकाईका प्रमुख फत बहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सरोकारवालाहरुले कार्यक्रमको प्रभाव साकारात्मक रुपमा परेकोले कार्यक्रमलाई निरन्तरता दिनु पर्नेमा जोड दिए । बिभिन्न पक्षहरुलाई औलाउदै पर्साका शिक्षा सित सरोकार राख्न सम्मपुर्ण शिक्षा बिज्ञ, प्रमुख, प्रतिनिधीहरुले निरन्तरता दिन एकमत भएका थिए ।

४ दिन सम्म अन्तरक्रिया, स्थलगत अनुगमन, लक्षित वर्ग, लक्षित समुदाय, लक्षित बिधालयमा पुगी प्रत्यक्ष रुपमा कुराकानी, लिखित दस्तावेज सहित समुहमा बिभाजन भई छलफल र प्रस्तुतीकरणको माधयमबाट वक्ताहरुले पर्सामा कार्यक्रम प्रभावकारी रहेको र यसलाई थप केही दिन निरन्तरता दिन आग्रह गरे ।

प्रत्यक्ष, अप्रत्यक्ष रुपमा पर्साका अति बिपन्न, गरीब, दलित, असहायले पढने सामुदायिक बिधालयमा पढने गरेको र त्यसैमा कार्यक्रम संचालन रहेकोले यसबाट लक्षित समुदाय नै बढी लाभान्वीत भएको ४ दिने कार्यक्रमले ठहर गरेको शिक्षक महासंघका अध्यक्ष तिर्थराज यादवले बताए ।

कार्यक्रममा प्रत्येक पालिकाका शिक्षा प्रमुख, बिधालयका शिक्षक, प्रध्यानाध्यापक, बिधालय ब्यवस्थापन समितीका अध्यक्षहरु, गैरसरकारी संस्थाका अध्यक्ष, सहितको सहभागीता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा शिक्षा विकास निर्देशनालयका चुडामिण फुंयालले शिक्षकले चाहे गुणस्तरिय शिक्षा लागु हुन सक्ने बताउनु भएको छ ।

कार्यक्रममा शिक्षण तालिम केन्द्रका प्रमुख गोपाल कडेल, समाजिक विकास मंत्रालयका लक्ष्मण राम, बिरगंज महानगरपालिकाका शिक्षा ईकाई प्रमुख, अरबिन्दलाल कर्ण, प्रध्यानाध्यापक छोटेलाल साह, प्रशिक्षक बिनोद गिरी, प्रध्यानाध्यापक मोहनलाल चौहान लगायतकाले मन्तब्य राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्सा–बारामा प्रमुख प्रशासकीय अधिकृत हेरफेर, को कहाँ पुगे ?

वीरगंज । पर्सा र बाराका विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला...

क्यासिनो प्रकरणमा सखुवा प्रसौनी अध्यक्ष यादवसहित ८ जना धरौटीमा रिहा

वीरगंज । वीरगंज महानगरपालिका–१४ गण्डकस्थित क्लर्क रिसोर्टमा रहेको गोल्डेन फिंगर गेमिङ जोन प्रालि. (क्यासिनो) बाट पक्राउ परेका सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादवसहित आठै...

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच लाख...