Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

राष्ट्रिय प्रारम्भीक पढाई कार्यक्रम प्रभावकारी भएकाे ठहर

spot_img
spot_img

वीरगंज । शिक्षा विकास तथा समन्वय ईकाई पर्साको आयोजनामा राष्ट्रिय प्रारम्भीक कक्षा पढाई कार्यक्रमको कार्यन्वयन, प्रभाव र निरन्तरता सम्बन्धी ४ दिने अन्तरक्रिया कार्यक्रम आइतबार सम्पन भएको छ ।

शिक्षा विकास समन्वय ईकाईका प्रमुख फत बहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सरोकारवालाहरुले कार्यक्रमको प्रभाव साकारात्मक रुपमा परेकोले कार्यक्रमलाई निरन्तरता दिनु पर्नेमा जोड दिए । बिभिन्न पक्षहरुलाई औलाउदै पर्साका शिक्षा सित सरोकार राख्न सम्मपुर्ण शिक्षा बिज्ञ, प्रमुख, प्रतिनिधीहरुले निरन्तरता दिन एकमत भएका थिए ।

४ दिन सम्म अन्तरक्रिया, स्थलगत अनुगमन, लक्षित वर्ग, लक्षित समुदाय, लक्षित बिधालयमा पुगी प्रत्यक्ष रुपमा कुराकानी, लिखित दस्तावेज सहित समुहमा बिभाजन भई छलफल र प्रस्तुतीकरणको माधयमबाट वक्ताहरुले पर्सामा कार्यक्रम प्रभावकारी रहेको र यसलाई थप केही दिन निरन्तरता दिन आग्रह गरे ।

प्रत्यक्ष, अप्रत्यक्ष रुपमा पर्साका अति बिपन्न, गरीब, दलित, असहायले पढने सामुदायिक बिधालयमा पढने गरेको र त्यसैमा कार्यक्रम संचालन रहेकोले यसबाट लक्षित समुदाय नै बढी लाभान्वीत भएको ४ दिने कार्यक्रमले ठहर गरेको शिक्षक महासंघका अध्यक्ष तिर्थराज यादवले बताए ।

कार्यक्रममा प्रत्येक पालिकाका शिक्षा प्रमुख, बिधालयका शिक्षक, प्रध्यानाध्यापक, बिधालय ब्यवस्थापन समितीका अध्यक्षहरु, गैरसरकारी संस्थाका अध्यक्ष, सहितको सहभागीता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा शिक्षा विकास निर्देशनालयका चुडामिण फुंयालले शिक्षकले चाहे गुणस्तरिय शिक्षा लागु हुन सक्ने बताउनु भएको छ ।

कार्यक्रममा शिक्षण तालिम केन्द्रका प्रमुख गोपाल कडेल, समाजिक विकास मंत्रालयका लक्ष्मण राम, बिरगंज महानगरपालिकाका शिक्षा ईकाई प्रमुख, अरबिन्दलाल कर्ण, प्रध्यानाध्यापक छोटेलाल साह, प्रशिक्षक बिनोद गिरी, प्रध्यानाध्यापक मोहनलाल चौहान लगायतकाले मन्तब्य राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...

अमलेखगञ्जमा ट्यांकर, ईभी हाइस र मोटरसाइकल ठोक्किँदा १० जना घाइते

बारा। बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ स्थित अमलेखगञ्जमा डिजेल बोकेको ट्यांकर, ईभी हाइस र मोटरसाइकल एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्। शुक्रबार दिउँसो करिब १२ बजे...