Date
शुक्र, साउन १५, २०८३
Fri, July 31, 2026

इप्रका पाेखरियाद्वारा काेराेना भाइरस सम्बन्धि जनचेतना

spot_img
spot_img

वीरगंज । इलाका  प्रहरी कार्यालय पाेखरियाकाे आयाेजनामा पाेखरियामा काराेना भाइरस सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न भएकाे छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पाेखरिया नगरपालिकाकाे वडा नं. ४ स्थित पाेखरिया बजारमा भएकाे कार्यक्रम सम्पन्न भएकाे हाे ।

पोखरिया नगरपालिकाका मेयर दिपनारायण रौनियारकाे अध्यक्षतामा भएकाे कार्यक्रममा उप मेयर सलमा खातुन, संविधान सभा सदस्य प्रधुमन प्रसाद चौहान, वडाध्यक्ष लक्षमण साह कानु, सशस्त्र प्रहरी बेस क्याम्प पोखरियाका प्रहरी निरिक्षक हरि सिंह लगायत सयाैं सहभागि थिए ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले काेराेना भाइरसकाे लक्षण र बच्ने उपाय बारे वताउनुकाे साथै पर्चा पम्पलेट र मास्क समेत वाडिएकाे थियाे ।

कार्यक्रममा वाेल्दै सिंहले १००.४ डिग्री भन्दा बढी ज्वरो लागे, स्वास प्रस्वासमा गह्रो, ज्वरो आएको छोटो समयमा निमोनिया हुने, निमोनिया बढदै गएर मृगौलाले काम गर्न नसकने काेराेना भाइरसकाे लक्षण भएकाे सिंहले वताउनु भयाे । उहांले त्यसबाट बाच्न अनिवार्या मास्कको प्रयोग गर्न, कोरोना भाईरस तातो पानीले कमजोर हुने हुदा सकेसम तातो पानी खाने, प्राय सुर्यको किरणमा रहन, खोक्दा वा छिक्दा अन्य व्यक्तिकाे समपर्कबाट टाडा रहन, कसै संग भेटदा वा हात मिलाउदा अंकमाल गर्नु भन्दा नमस्कार गर्न, कोरोना भाईरसको जिवाणु धातुजन्य सतहमा १२ घण्टा सम र कपडा पोसाकमा ६ घण्टा देखी १२ घण्टा सम्म जिबित रहने हुदा हातलाई बारम्बार साबुन पानीले धुन, पशुजन्य मासु तथा अण्डा राम्रो संग पकाएर खान सहभागिहरुलाई आग्रह गर्नु भएकाे थियाे ।

यस्तै इलाका प्रहरी कार्यालय पोखरिया मातहतमा पर्ने पर्साको १० स्थानिय तहकाे १९ ठाउँमा काेराेना भाइरस सम्बन्धि जनचेतना मूलक कार्यक्रम सम्पन्न भएकाे प्रहरी निरिक्षक सिंहले वताउनु भयाे ।

समुदाय प्रहरी साझेदारी कार्याक्रम अन्तर्गत पोखरिया नगरपालीका, बहुदरमाई नगरपालीका, बिन्दवासनी गाउँपालीका कालीकामाई गाउँपालीका, धोबिनी गाउँपालीका, छिपहरमाई गाउँपालिका, पकहा मैनपुर गाउँपालीका, सखुवा प्रसौनी गाउँपालीका, जगरनाथपुर गाउँपालिका र वीरगंज महानगरकाे वडा नं. १९ बिन्दवासिनीमा गरी १९ ठाउँमा काेराेना भाइरस सम्बन्धि जनचेतना मूलक कार्यक्रम सम्पन्न भएकाे सिंहले जानकारी गराउनु भयाे ।

सिंहका अनुसार कार्यक्रमहरुमा कोरोना भाइरस सम्बन्धि पर्चा पम्पलेट वाडनुकाे साथै एक हजार भन्दा बढी मास्क समेत बितरण गरिएकाे हाे ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्न रास्वपा नेता चौरसियाको आग्रह

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता योगेन्द्र चौरसियाले मधेशमा पछिल्ला दिनमा विकसित घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गर्दै सम्पूर्ण नागरिकलाई शान्ति, सद्भाव र...

दोषीमाथि कडा कारबाही हुन्छ, अफवाह नफैलाउन प्रधानमन्त्री शाहको आग्रह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत विभिन्न स्थानमा भएका घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै देशका केही जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई लिएर नेपाल...

पर्सावासीलाई प्रशासनको अपिल : निषेधाज्ञाको पूर्ण पालना गर्न र अफवाह नफैलाउन आग्रह

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लामा शान्ति सुरक्षा, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न सम्पूर्ण पर्सावासीलाई निषेधाज्ञाको पूर्ण पालना गर्न तथा अफवाह...