21.9 C
Birgunj
26 October 2024
KALIKATIMES.COM

कालाे मोसाे खन्याउने उपर कारवाहीकाे मांग

kalikatimes

वीरगंज । नेकपा निकट अखिल नेपाल सेक्यूरेटी मजदुर संघ प्रदेश २ ले आज एक प्रेस विज्ञप्ती जारी गर्दै शुक्रबार भएकाे कालाे माेसाे सम्बन्धि घटनामा संलग्न दाेषी उपर कारवाहीकाे माग गरेकाे छ ।

प्रदेश अध्यक्ष घनश्याम भट्टाराईले प्रेस विज्ञप्ती जारी गर्दै सेक्यूरेटी कम्पनीकाे प्राेपराइटर मनाेज अर्यालले श्रमिककाे समस्याकाे बारेमा छलफल गर्न सेक्यूरेटी श्रमिक संघका प्रदेश सदस्य शम्भु पटेललाई आफ्नाे कार्यालयमा वाेलाएर छाेटेलाल पटेल र अवधेश सिंहकाे नेतृत्वमा रहेकाे केही अपरिचित मानिसहरुकाे समुह संग कालाे मसी टाउकाेमा खन्याएर अपमानीय हर्कत गराएकाे प्रति सेक्यूरेटी मजदुर संघ प्रदेशकाे गम्भिर ध्यान आकर्षण भएकाे जनाएका छन् ।

उनले सुनयाेजित तरिकाले अमानवीय हर्कत गरिएकाे भन्दै घटनाकाे निन्दा गर्दै प्रेस विज्ञप्ती मार्फत दाेषी उपर कडा कारवाहीकाे माग समेत गरेका छन् ।

यसका साथै साेही घटनामा जाेडी अखिल नेपाल सेक्यूरेटी मजदुर संघ प्रदेश २ का उपाध्यक्ष टुुनटुन तिवारीकाे समेत समाचार प्रकाशनमा आएकाे भन्दै साे समयमा साे ठाउँमा तिवारी नभएकाे अध्यक्ष भट्टराईद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

उपेन्द्र यादवको अधिनायकवादले पार्टी विभाजन अनिवार्य बनायो : प्रदिप यादव

कालिका टाईम्स

सहकारी ठगहरूले उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजाेन मावि भए प्रथम

कालिका टाईम्स
SQL requests:216. Generation time:2.366 sec. Memory consumption:81.5 mb