Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

नर्सिङ क्याम्पसमा ट्राफिक ब्यवस्थापन सम्बन्धी जनचेतना

spot_img
spot_img

वीरगंज । ब्यवस्थित वीरगंज अभियान र समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी पर्साको सम्योजनमा आज ट्राफिक ब्यवस्थापन सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न भएको छ ।

वीरगंज नर्सिङ क्याम्पसमा भएकाे कार्यक्रममा नुर्सिङका विद्यार्थीलाई दुर्घटनाबाट बच्ने र अरु दुर्घटनामा परेकालाई उद्दार कसरी गर्ने सम्बन्धी जानकारी गराइएको ब्यवस्थित वीरगंज अभियानका संयाेजक दिलिप राज कार्कीले वताए ।

नर्सिङ क्यम्पसका प्रमुख श्रीमती सुर्य कोइरलाको अध्यक्षतामा र पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक गङगा पन्तकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा ब्यवस्थित वीरगंज अभियानका संयाेजक कार्की, पर्सा ट्राफिक प्रमुख कमल राज पन्डित लगायतकाले मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्रोजेक्टर मार्फत दुर्घटनाका कारण र बच्ने उपायका साथै उपचारको बारेमा ट्राफिकका प्रहरी नायब निरिक्षक किरण कार्कीले सहजीकरण गरेका थिए।

कार्यक्रमकी प्रमुख अतिथी प्रहरी उपरीक्षक पन्तले हामी कानुन मानेर कानुनको पालना गरे समाजिक घरेलु र यस्ता ट्राफिक दुर्घटनाबाट सुरक्षीत हुने बताइन । क्याम्पस प्रमुख सुर्या कोईरालाले हामी स्वस्थ्य क्षेत्रको ब्यक्तीलाई ट्राफिक जस्तो सरोकारको चेतना दिनु भएकोमा धन्यवाद व्यक्त गरेकी थिइन ।

कार्यक्रम ब्यवस्थित बिरगंज अभियानका संयाेजक कार्कीको सम्योजनमा भएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषाको हंसपुरमा ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाविस–३ का ३६५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा...

सहयोगको बहानामा रकम उठाउनेमाथि निगरानी र कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकलाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउन पाँच बुँदे निर्देशन जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा...

भोटेकोशी बाढीः एक हजार ३९५ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको शव फेलापरेको छ भने पाँच हजार १३० जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय विपद् जोखिम...