Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

घुर ताप्दा जलेर घाइते भएकी छिपहरमाईकी सायराकाे मृत्यु

spot_img
spot_img

वीरगंज । घुर ताप्दा जलेर घाइते भएकी पर्साको छिपहरमाई गाउँपालिका–५ भिस्वाकी सायरा खातुनको उपचारका क्रममा मृत्यु भएको छ।

फागुन ४ गते आगो ताप्ने क्रममा जलेर घाइते भएकी खातुनको उपचारको क्रममा बुधबार राति काठमाडौँको कीर्तिपुर अस्पतालमा मृत्यु भएकाे हाे ।

आफ्नै घरमा घुर ताप्ने क्रममा फागुन ४ गते लुगामा आगो सल्किँदा खातुन घाइते भएकी थिइन् । आर्थिक अवस्था कमजारे भएका कारण उनको समयमै उपचार हुन सकेकाे थिएन । पछि गाउँपालिकाकाे एम्बुलेन्सले वीरगंज स्थित नारायणी अस्पताल ल्याइएकाे सायरकाे विभिन्न व्यक्तिकाे सहयाेगमा उपचार सुरु भएकाे थियाे ।

शरिरको ८० प्रतिशत भाग जलेको अवस्थामा रहेको हुँदा त्यहाँ उपचार हुन नसक्दा थप उपचारका लागि उनलाई कीर्तिपुर अस्पताल पठाइएको थियो । गाउँको ऐलानी जग्गामा बसोबास गर्दै आएकी खातुन विभिन्न राेगले ग्रसित थिइन ।

यस अघि पनि घुर ताप्ने क्रममा घाइते भएकी छिपहरमाई गाउँपालिका वडा नं. ५ भिस्वा कै एक महिलाकाे मृत्यु भएकाे थियाे । उनकाे पनि आर्थिक अभावका कारण उपचारमा समस्या भए पछि मृत्यु भएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

शिक्षामन्त्री पोखरेलसँग बेलायती राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त अधिराज्य ९बेलायत० का राजदूत रब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज...

सर्लाहीमा भएका छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

सर्लाही । सर्लाहीमा भएका छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको गोडैता र बरहथवामा भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको हो । जिल्ला...

जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी र कामदारको खोजी तीव्र

त्रिशूली (नुवाकोट) । भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीपछि नुवाकोटका दुई जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी तथा कामदारको खोज तथा उद्धार कार्यलाई तीव्र बनाइएको छ...