Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

घुर ताप्दा जलेर घाइते भएकी छिपहरमाईकी सायराकाे मृत्यु

spot_img
spot_img

वीरगंज । घुर ताप्दा जलेर घाइते भएकी पर्साको छिपहरमाई गाउँपालिका–५ भिस्वाकी सायरा खातुनको उपचारका क्रममा मृत्यु भएको छ।

फागुन ४ गते आगो ताप्ने क्रममा जलेर घाइते भएकी खातुनको उपचारको क्रममा बुधबार राति काठमाडौँको कीर्तिपुर अस्पतालमा मृत्यु भएकाे हाे ।

आफ्नै घरमा घुर ताप्ने क्रममा फागुन ४ गते लुगामा आगो सल्किँदा खातुन घाइते भएकी थिइन् । आर्थिक अवस्था कमजारे भएका कारण उनको समयमै उपचार हुन सकेकाे थिएन । पछि गाउँपालिकाकाे एम्बुलेन्सले वीरगंज स्थित नारायणी अस्पताल ल्याइएकाे सायरकाे विभिन्न व्यक्तिकाे सहयाेगमा उपचार सुरु भएकाे थियाे ।

शरिरको ८० प्रतिशत भाग जलेको अवस्थामा रहेको हुँदा त्यहाँ उपचार हुन नसक्दा थप उपचारका लागि उनलाई कीर्तिपुर अस्पताल पठाइएको थियो । गाउँको ऐलानी जग्गामा बसोबास गर्दै आएकी खातुन विभिन्न राेगले ग्रसित थिइन ।

यस अघि पनि घुर ताप्ने क्रममा घाइते भएकी छिपहरमाई गाउँपालिका वडा नं. ५ भिस्वा कै एक महिलाकाे मृत्यु भएकाे थियाे । उनकाे पनि आर्थिक अभावका कारण उपचारमा समस्या भए पछि मृत्यु भएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...