Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

लागु औषध सहित युवक पक्राउ

spot_img
spot_img

वीरगंज । पर्साको बिन्दवासिनी गाउँपालिका वडा नं.०५ प्रसौनी भाठाबाट बुधबार साझ सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट अमरपट्टीले लागू औषध सहित एक यूवकलाई पक्राउ गरेको छ।

प्रहरी नायब निरीक्षक अधिर कुमार झा नेतृत्वको सशस्त्र प्रहरी गस्ती टाेलीले चेकजाँच गर्ने क्रममा पर्साकाे जिराभवानी गाउँपालिका वडा न:-३ जितपुर बस्ने २६ बर्षिय अनिल राउत थारुलाई पक्राउ गरेकाे हाे । ना ११ प २६३७ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा लागू औषध भेटिए पछि माेटरसाइकल सहित थारुलाई नियन्त्रणमा लिइएकाे शसस्त्र प्रहरी अमरपट्टीका प्रहरी निरीक्षक अरुण बिक्रम बस्नेतले वताए ।

पक्राउ परेका थारुकाे साथबाट नोफिन ६ यस थान, डाइजेल्यब एक सय थान, पेनारगन ५ सय ९८ थान, डाइजोपाम ४ सय १९ थान र नाइट्रोभेट ३१ थान बरामद भएकाे प्रहरी निरीक्षक बस्नेतले जानकारी गराए ।

पक्राउ परेका थारुलाई लागु औषध र माेटरसाइकल सहित ईलाका प्रहरी कार्यालय पोखरीयालाई बुझाईएको उनले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

असोज ११ गते वीरगन्जमा नेकपा पर्साको जिल्ला समायोजन, प्रचण्ड–नेपाल सहभागी हुने

वीरगंज । असोज ११ गते वीरगंजमा हुने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साको जिल्ला समायोजन, सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न...

धनुषाको हंसपुरमा ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाविस–३ का ३६५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा...

सहयोगको बहानामा रकम उठाउनेमाथि निगरानी र कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकलाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउन पाँच बुँदे निर्देशन जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा...