Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

मेयर सरावगीकाे तेस्राे चरणकाे आँखा शिविर सुरु

spot_img
spot_img

वीरगंज । “मोतिया बिन्दु मुक्त समाज हाम्रो अभियान “मुल नाराका साथ वीरगंज महानगरपालिका मेयर कल्याणकारी कोष र मातृका आई फाउन्डेसनकाे संयुक्त आयाेजनामा आज देखी तेस्रो चरणको नि:शुल्क आँखा शिविर सुरु भएकाे छ ।

तेस्राे चरणकाे मोतियाबिन्दु शल्यक्रियाको लागी शनिबार पर्सागढी नगरपालिकाकाे वडा नं. ५ पंचरुखीमा आँखा शिबिर सम्पन्न भएकाे छ । शिबिरमा ३ सय ५० जनको आँखा परिक्षण भएकाे र जसमध्ये एक सय ७५ जनामा मोतियाबिन्दु फेला परेकाे मेयरका राजनितिक सलाहकार मुकेश द्विवेदीले वताए ।

मोतियाबिन्दु फेला परेकाहरुकाे शल्यक्रिया चैत २ गते मातृका आई फाउन्डेसनमा गरिने उनले जानकारी गराए ।

वीरगंज महानगरका मेयर विजय कुमार सरावगी र मातृका आई फाउन्डेसनले संयुक्त रूपमा मिलेर यसभन्दा पहिला पनि वीरगंज महानगरपलिका, पर्सागढी र बहुदरमाई नगरपालिकामा गरि १६ सय जनाको मोतियाबिन्दुको शल्यक्रिया गराइसकेकाे मेयरकाे निजी सचवालयले जनाएकाे छ ।

सबैको आँखाको शल्यक्रिया डा.किशोर प्रधानद्वारा फेको प्रबिधिबाट गरिएको हुनाले सबै भिजन राम्रो भएको सचिवालयले जनाएकाे छ ।

पर्सागढि वार्ड नं. ५ का वडाध्यक्ष असलम अन्सारीकाे अध्यक्षतामा पंचरुखीमा भएकाे शिविरकाे उद्घाटन मेयर सरावगीले गरेका  थिए ।

पर्सागढि स्थित पचरुखि स्कुलमा भएकाे शिविरमा मेयरका सल्लाहकार द्विवेदी, पर्सागढी समाजबादी पार्टीका नगर अध्यक्ष खुर्शेद आलम, नेता बृजमोहन चौधरी, अशाेक यादव, युवा नेता पिन्टु उपाधयाय लगायत स्थानीय नेता, युवा, कर्याकर्ता तथा आँखा जाच गराउने आउने स्थानीयहरुको उल्लेखनिय सहभागीता रहेको थियोे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...