Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

पर्सा गोल्डकप : दाेस्राे खेलमा वीरगंज बिजयी

spot_img
spot_img

वीरगंज । पर्साको बढनिहारमा जारी प्रथम पर्सा गोल्डकपमा बीरगंज युथ क्लवले बिजयी सुरुवात गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा जारी खेलमा थारु थारुवान ११ रौतहटलाई १ गोलले हराउँदै बीरगंज युथ क्लव अघिल्लो चरणमा प्रबेश गरेको हो ।

निकै रोमाञ्चक देखीएको खेलको दोस्रो हाफको ४ औ मिनेटमा बीरगंजका खेलाडी जर्सी नं. ६ का म्याक्सले गरेको गोल नै निर्णायक बन्यो । खेलको म्यान अफ द म्याच रौतहटका सन्देश चौधरी घोषित भए ।

उनलाई पर्सागढी नगरपालिकाका मेयर लोकनारायण यादब र समाजसेवी लक्षमण श्रेष्ठले संयुक्त रुपमा एक हजार एक सय रुपयाँ नगद र ट्रफी पुरस्कार प्रदान गरे ।

पर्सागढी युवा स्पोर्टसकाे आयाेजनामा भइरहेकाे प्रतियोगिताको तेस्रो खेल भोली(साेमबार) एफ सी सिमरा र नेपाल खेलकुद क्लव चपुरबीच प्रतिस्पर्धा हुने छ ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख सहित प्रमाण पत्र तथा दोस्रो हुने टिमले नगद ५० हजार सहित प्रमाण पत्र पाउने पर्सागढी युवा स्पोर्टसका अध्यक्ष याम बहादुर थापाले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...