Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

दशौं महात्मा गान्धि स्मृती टि २० काे उपाधी युसिसि वीरगंजलाई

spot_img
spot_img

वीरगंज । दशौं महात्मा गान्धि स्मृती टि २० प्रतियाेगिताकाे फाइनल खेलमा युनाईटेड क्रिकेट क्लब(युसिसि) वीरगंज विजयी भएकाे छ । भारत बिहार पूर्वी चम्पारणकाे बेतियामा जारी प्रतियाेगिताकाे आज भएकाे फाइनल खेलमा भारतकाे सिवान क्रिकेट टिमलाई हराउदै युसिसि वीरगंज विजयी भएकाे हाे ।

टस जितेर पहिलाे वैटिङ्ग गरेकाे सिवानले निर्धारित २० ओभरमा सबै विकेट गुमाई एक सय २८ रन बनाएका थिए । जवाफी वैटिङ्गमा उत्रेका युसिसि वीरगंजले १९ ओभर खेल्दै ६ विकेटकाे क्षतिमा एक सय २९ रनकाे लक्ष्य पुरा गर्दै विजयी घाेषित भएकाे युसिसिका सदस्य राजुल हवारीले वताए ।

युसिसिका तर्फबाट बाबुजान अन्सारीले ४ ओभरमा २६ रन खर्चि ४ विकेट लिएका थिए भने आदिल अन्सरीले ४ ओभरमा २७ खर्चि ३ विकेट  लिएका थिए । उक्त खेलकाे म्यान अफ द म्याच र वेस्ट वैटस म्यान युसिसिका संताेष कार्की घाेषित भएका थिए ।

स्पाेर्ट क्रिकेट क्लब बेतियाकाे आयाेजनामा भएकाे प्रतियाेगिताकाे विजेता युसिसिले भारु २० र उपविजेता सिवानले भारु १० हजार नगद सहित कप पुरस्कार पाएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...