Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

शिक्षा सम्बद्ध प्रदाधिकारीहरुकाे क्षमता विकास कार्यशाला सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साको कालिकामाई गाउँपालिकामा स्थानिय तहका जनप्रतिनिधी र शिक्षा सम्बद्ध प्रदाधिकारीहरुकाे लागि संचालित ३ दिने क्षमता विकास कार्यशाला आज सम्पन्न भएकाे छ ।

कालिकामाई गाउँपालिकाकाे आयेजना र युएसएड नेपालको सहयोगमा श्री नेपाल राष्ट्रिय प्राथमिक बिधालय हरिहरपुर बिर्तामा भएकाे कार्यशाला शुक्रबार सम्पन्न भएको हाे ।

गाउँपालिका अध्यक्ष नथुनी प्रसाद कुश्वाहाको अध्यक्षतामा भएको समापन समारोहमा गाउँपालिकाका शिक्षा अधिकृत हिमांशु भट, वडाअध्यक्ष रामाशिष यादव, सोनालाल चौरसिया, हरिओम साह कलवार, पवन तिवारी, पत्रकार छठु साह, श्री नेपाल राष्ट्रिय आधारभुत बिधालय कटीबलुवाका बिधालय ब्यवस्थापन समितीका अध्यक्ष वकिल मिया, दिब्य कन्या माविका प्रध्यानाध्यापक रामयतन प्रसाद लगायतकाले मन्तब्य राखेका थिए । कार्यक्रमकाे सहजिकरण श्री ने.रा.प्राविका प्रअ देवनाथ ठाकुरले गरेका थिए ।

वक्ताहरुले कालिकामाई गाउँपालिकाको शिक्षका स्तर खस्कदै गईरहेकोले समन्वय, सहकार्य गरी पहिला बितेका कुरालाई अथावत राखि अगाडी बढने प्रतिबद्धता गरे ।

राष्ट्रिय प्रारम्भीक कक्षा पढाई कार्यक्रम अन्तर्गतका पर्सा जिल्लाका १४ स्थानिय तह मध्ये १० वटा पालिकामा स्थानिय तहका जनप्रतिनिधीहरु र शिक्षा सम्बद्ध प्रतिनिधीहरुका लागी ३ दिने कार्याशाला सम्पन भएको राष्ट्रिय प्रारम्भीक कक्षा पढाईका जिल्ला संयोजक भरत सहनीले बताएका छन । ४५ जनाकाे सहभागिता रहेकाे कार्यशालामा प्रशिक्षक छोटेलाल साह र हरिन्द्र सहनीले प्रशिक्षण दिएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...