Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

गोपाल गोतामे पत्रकारिता पुरस्कार आचार्यलाई प्रदान

spot_img
spot_img

वीरगंज । गाेतामे पत्रकारिता स्वर्ण पदक झापाका पत्रकार केशव आचार्यलाई प्रदान गरिएकाे छ । पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठानले स्थापना गरेको गोतामे पत्रकारिता स्वर्ण पदक शुक्रबार एक कार्यक्रमका बीच प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले एक तोल सुनको पदक प्रदान गर्नुभयाे ।

नेपाल पत्रकार महासङ्घ, पर्साको सभाहलमा पुरस्कार वितरण गर्दै मुख्यमन्त्री गद्दीले साहित्यकार र पत्रकार अहोरात्र खटेर समाज र जनतालाई सुसूचित गर्दैआएको बताउनुभयो । चार दशकअघि गोपालचन्द्र गौतमले गरेको पत्रकारिता अहिलेको बेलामा मूल्याङ्कन गर्न नसकिने उहाँको भनाई थियो ।

उहाँले विचार हुनेले कलम निखार्न सक्दैन र कलम निखार्नेले विचार निखार्न सक्दैन र यी दुई कुरा पत्रकार गौतममा भरिपूर्ण रहेकोले त्यतिखेर क्रान्तिकारी पत्रकारिता गरेर समाज र देशलाई गति दिनुभएको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथी मुख्यमन्त्री गद्दीले प्रतिष्ठानले रु १० हजारबाट शुरु गरेको पुरस्कार राशि एक तोला सुनमा परिणत गरेकोमा प्रशंसा गर्नुहुंदै सहयोग गर्ने आश्वासन समेत दिनुभयो ।

प्रतिष्ठानका अध्यक्ष जगदीश प्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा मानव अधिकारकर्मी बद्री खतिवडा, नेपाल पत्रकार महासङ्घप्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहानले स्व. गोपालचन्द्र गौतमका बारेमा चर्चा–परिचर्चा गर्नुभएको थियो ।

प्रतिष्ठानका उपाध्यक्ष् चन्द्रकिशोर झाले स्वागत मन्तव्य मार्फत स्व. गौतमको जीवनीको बारेमा प्रकाश पार्नुभयो ।

कार्यक्रममा प्रतिष्ठानका सदस्य एवं नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष श्याम बन्जाराले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने सहजीकरण प्रतिष्ठानका सचिव एवं नेपाल पत्रकार महासङ्घ प्रदेश २ का उपाध्यक्ष केसी लामिछानेले गर्नुभएको थियो ।

कार्यक्रममा स्व . गौतमकी पत्नी सुधा गौतम, छोरा हिमाल गौतम, पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कार्की, मानव अधिकारकर्मी नन्दन अर्याल, नेकपा पर्साका अध्यक्ष प्रभु हजरा, राजपाका सहमहासचिव निजामुद्दीन समानी, समाजवादी पार्टी पर्साका सचिव तबरेज अहमद, समाजसेवी पशुपति विक्रम शाह, उषा शाह, नेपाल रेडक्रस सोसाइटी पर्साका उपसभापति मधु राणा, लगायतको सहभागिता रहेकाे थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने आरोपमा तीन पक्राउ

वीरगञ्ज । खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गरेको आरोपमा प्रहरीले काठमाडौंमा तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको सीतामढी घर भई हाल काठमाडौंको रातोपुलमा...

सिमरामा ४ महिलासहित ५८ जनाले गरे रक्तदान

वीरगञ्ज । बाराको सिमरास्थित सूर्य निवासमा आयोजित रक्तदान कार्यक्रममा ४ महिलासहित ५८ जनाले स्वेच्छिक रक्तदान गरेका छन्। नेपाल बहुराष्ट्रिय कम्पनी मजदुर युनियन, आधिकारिक युनियन सूर्य...

“सिर्सिया खोला प्रदूषण गर्ने उद्योगलाई एक साताको अल्टिमेटम”

वीरगंज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगबाट सिर्सिया खोलामा भइरहेको प्रदूषण नियन्त्रण गर्न एक साताको समयसीमा दिएकी छन्। मन्त्रालयमा उद्योगीहरूसँग...