Date
बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

पत्रकारिता नभए देश बेच्न पनि बेर लाग्दैन : सांंसद यादव

spot_img
spot_img

वीरगंज । वीरगंज न्यूज २४ दैनिककाे प्रथम बार्षिकाेत्सवकाे अवसरमा आयाेजित समाराेहलाई सम्बाेधन गर्दै प्रतिनिधि सभा सदस्य (सांसद) प्रदिप यादवले पत्रिका नभए देश बेच्न पनि बेर नलाग्ने वताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथी सांसद यादवले वाइडबडी, यती, एनसेल, ललिता निवास लगायतका काण्ड पत्रकारले नै बाहिर ल्याएकाे वताउदै पत्रकारिता नभए देश बेच्न पनि माफियाहरुले बेर नलाउने वताए । उनले पत्रकार नभए सब थाेक बेचिदिने वताए । त्यही भएर पत्रकारिता जरुरी रहेकाे वताए । पत्रकारले ललिता निवास काण्ड उजागर गरेका कारण अख्तियारले एक सय ७५ जना माथी मुद्दा दर्ता गरेकाे समेत वताए ।

उनले भने “पहिला जनतामा भ्रम थियाे, मात्र सानाे मान्छे माथी नै अख्तियारले कारवाही गर्छ तर अहिले त्याे ललिता निवास प्रकरणले अन्त्य भएकाे छ । पुर्व उपप्रधान मन्त्री सहितका एक सय ७५ जना माथी मुद्दा दर्ताले त्याे भ्रमकाे अन्त्य गरेकाे छ । यसले संगठित भ्रष्टचार भइरहेकाे समेत खुलासा गरेकाे छ । अबकाे १/२ दिन मै २/३ जना बरिष्ठ व्यक्तिहरु पनि त्यही काण्डमा तानिदै छ ।”

अक्राे प्रसंगमा कुरा राख्दै समाजवादी पार्टीका केन्द्रिय सदस्य  समेत रहेका सांसद यादवले  पत्रकार नभए कुनै पनि आन्दाेलन सफल नहुने वताए । पत्रकारिता चुनाैति पूर्ण पेश रहेकाे वताउदै उनले जानकाे बाजी लगाएर पत्रकारिता गर्ने पत्रकारकाे प्रशंसा समेत गरे ।

आफु समाजवादी पार्टीकाे सांसद मात्र नभएर जनताकाे सांसद भएकाेले हरपल पत्रकारलाई सहयाेग गर्न तयार रहेकाे उनले वताए । महासंघकाे भवन निर्माणमा सर्वप्रथम रु ५० हजार सहयाेग गरेर आफुले नै सुरुवात गरेकाे वताउदै सांसद यादवले सांसदकाे परिधिले बांधेका कारण वितरण मुखी सहयाेग गर्न नसकिने बाध्ययता रहेकाे वताए । निर्माणमुखी कार्यकाे लागि आफु सहयाेग गर्न तयार रहेकाे समेत प्रतिवद्धता जनाए ।

पत्रिकाकाे लाेक कल्याणकारी विज्ञापनकाे भुक्तानिकाे लागि जनकपुर जानु पर्ने बाध्यताकाे गुनाेसाेकाे सन्दर्भमा वाेल्दै यादवले जिल्ला हुलाका कार्यालय पर्साबाट नै भुक्तानीकाे व्यस्था मिलाउन पहल गर्न र सांसदमा समेत आवाज उठाउने समेत आश्वासन दिए ।

उनले डिजिटल मिडियाकाे जबानामा प्रिन्ट मिडियाकाे चुनाैती थपिए पनि प्रिन्ट मिडियाकाे छुट्टै महत्व रहेकाे वताए । पत्रकारिता व्यवसायिक र पेशगत हुनु पर्ने उनकाे भनाई थियाे ।

पत्रिकाका प्रकाशक अखलेश कुमार साहकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाल पत्रकार महासंघका प्रदेश २ का अध्यक्ष दिपेन्द्र चाैहान, पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कार्की, नेकपाका पर्सा अध्यक्ष प्रभु हजरा, समाजवादी पार्टीका पर्सा सचिव तबरेज अहमद, भिजिट मधेशका राष्ट्रिय संयाेजक समेत रहेका राजपाका वीरगंज नगर अध्यक्ष ओमप्रकाश सरार्फ, पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष केशी लामिक्षाने, पर्सा अध्यक्ष श्याम बंजारा,  प्रेस संगठन नेपालका केन्द्रिय सदस्य वृजलाल पासवान, राघव साह, गैसस महासंघ नेपाल पर्साका अध्यक्ष छठु साह, प्रेस युनियन पर्साका उपाध्यक्ष शेखर छतकुली लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

वीरगंज स्थित राेयल पार्टी प्यालेसमा भएकाे कार्यक्रमकाे संचालन संचारकर्मी उजवल घिमिरेले गरेका थिए ।

spot_img
spot_img

ताजा अपडेट

शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

राष्ट्रिय दलित पत्रकार संघकाे दाेस्राे महाधिवेशन सम्पन्न, अध्यक्षमा बराइली निर्वाचित

वीरगंज । राष्ट्रिय दलित पत्रकार संघ नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनबाट गोपाल बराइली अध्यक्षमा निर्वाचित भएका छन् । काठमाडौंमा मंगलबार सम्पन्न महाधिवेशनले बराइलीको नेतृत्वमा नयाँ...

विश्व वातावरण दिवसको अवसरमा वीरगंजमा साइकल र्‍याली

वीरगंज । विश्व वातावरण दिवस २०८३ को अवसरमा प्रकृति सेवा प्रतिष्ठान, नेपालले जीवन ज्योति स्कुलको सहकार्यमा बुधबार जनचेतनामूलक साइकल र्‍याली आयोजना गरेको छ ।...

सर्कल अफ केयरद्वारा पर्सा ट्राफिक प्रहरीलाई पानी डिस्पेन्सर सहयोग

वीरगंज । सामाजिक उत्तरदायित्व तथा सेवामूलक गतिविधिमा सक्रिय संस्था सर्कल अफ केयर (Circle of Care) ले जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्सालाई एक थान पानी...