Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

छिपहरमाईकाे वडा नं. २ सम्भौता पूर्ण खोप घोषणा

spot_img
spot_img

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिका वडा न‌ं. २ सम्भौता आज पुर्ण खोप वडा घोषणा भएको छ । वडामा रहेका दुई वर्ष मुनीका ३ सय १० वटा बालबालिकाहरुलाई पुर्ण खोप लगाईसकेकाले पुर्ण खोप वडा घोषणा गरिएको जनाइएकाे छ ।

स्थानिय स्वामित्व र सहभागिता पुर्ण खोप सुनिश्चित्ता हाम्रो प्रतिवद्धताको नारा साथ सम्भौतामा भएकाे समाराेहका बिच वडालाई पुर्ण खोप वडा घोषणा गरिएको हाे ।

कार्यक्रमका प्रमुख अतिथी छिपहरमाई गाउँपालिका प्रमुख प्रसासकिय अधिकृत देवनाथ साहले खोपको बारेमा विषेशगरी १३ देखि २३ महिनाको बालबालिकाहरुले पुर्ण खोप पाएनन भने विभिन्न किसिमको रोग लाग्ने भएको हुदा सब भन्दा पिडित आमा नै हुने गरेकोले महिलाहरुले यस तर्फ चनाखो हुन जरुरी रहेको बताए । उनले स्वास्थ्यकर्मीहरुको अहमभुमिका रहेकोले पैसाको साथै कर्तव्य समेत पालना गर्न जरुरी रहेकोले स्वास्थ्य कर्मीहरुलाई ईमनदारी पुर्वक जिम्मेवारी पुरा गर्न आग्रह गरे।

अधिकृत साहले छिपहरमाई गाउँपालिकालाई एक हप्ता भित्र पुर्ण खोप घोषणा गरिने वताउदै चथौ वडाकाे रुपमा वडा नं. २ पुर्ण खोप घोषणा भएकाे र छिटै बाकी रहेको वडा पूर्ण खोप घोषणा गरिने बताए ।

वडाध्यक्ष महेन्द्र साह कलवारको अध्यक्षतामा समपन भएकाे कार्यक्रममा वडाध्यक्ष  बिनोद साह कानु, मौजीलाल साह, जिल्ला समन्वय समिति पर्साका सदस्य सुबास साह, पूर्व गाबिस अध्यक्ष पहलाद गुप्ता, कमल दास तत्वा, गाउँपालिका स्वास्थ्य संयोजक शम्भु साह, स्वास्थ्य चौकी सम्भौताका प्रमुख श्यामबाबु प्रसाद यादव, अनमी मिरा चौरसिया, जयमंगलापुर स्वास्थ्य चौकीको प्रमुख मुन्ना कुमार साह लगायत महिला स्वमसेबिका र स्वास्थ्य कर्मी र स्थानियहरुको सहभागिता रहेको थियोे।

स्वास्थ्य चाैकी सम्भाैताकाे प्राङ्गणमा भएकाे कार्यक्रममा पूर्ण खोप घोषणा गराउनमा सहयोग पुर्‍याउने महिला स्वास्थ्य स्वमसेबिका र स्वास्थ्यकर्मीहरुलाई सम्मान समेत गरिएकाे थियोे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...