Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

नेवि संघद्वारा प्रधानमन्त्री ओलि र अख्तियार प्रमुख घिमिरेकाे पुतला दहन

spot_img
spot_img

वीरगंज । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ पर्साले आज बिरगंजमा प्रधानमन्त्री के.पि.शर्मा ओलि र अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगका प्रमुख आयुक्त नवीन कुमार घिमिरेकाे पुतला दहन गरेको छ ।

केही दिन पछाडि बालुवाटारको ललिता निवासको जग्गा प्रकरणमा सरकारले नेकपाका नेतालाई उन्मुक्ति दिएको र अख्तियार लगाएर अन्यलाई राजनीतिक प्रतिशोधका आधारमा बदनियतपूर्ण मुद्दा लगाई फसाएको भन्दै विरोध स्वरुप संघले वीरगन्जमा पुतला दहन गरेको हो ।

नेवि संघका पुर्व केन्द्रिय सदस्य सुधिर पटेलको नेतृत्वमा नगरको विभिन्न क्षेत्रबाट एक साथ निकालिएको मसाल जुलुसलाई नियन्त्रणमा लिन पर्सा प्रहरीलाई हम्मे परेको थियो । नेवि संघले अख्तियार तथा सरकार विरुद्ध नगरको ठाकुरराम बहुमुखी क्याम्पस, आदर्शनगर रोड, माईस्थान लगायतको विभिन्न ठाउँबाट एकसाथ प्रधानमन्त्री ओलि र अख्तियारका आयुक्त घिमिरेकाे पुतला जलाउदै मशाल जुलुश निकालेको थियो ।

जुलुसमा सहभागि विद्यार्थी नेताहरुले ओली सरकार र अख्तियार विरुद्ध चर्को नाराबाजी समेत गरेका थिए । विरोधको क्रममा नेपाली काँग्रेसका नेता राजु गुप्ता, नेबि संघका पुर्व केन्द्रिय सदस्य ब्रदी नारायण तिवारी, जिल्ला उपाध्यक्ष विकेश पटेल, रुद्र हल्दर , जिल्ला सचीव प्रभात सिंह, अब्दुल कयुम, वीरगंज महानगरपालिका अध्यक्ष विवेक कलवार, ठाराब नेता मुनराज तिवारी, तरुण दलका नेता मिकु सिंह लगायत सयाैं संख्यामा विद्यार्थी नेताहरुको सहभागिताता रहेकाे थियाे ।

अख्यितारले ललिता निवासको जग्गा प्रकरणमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार सहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर, कांग्रेसले तत्कालीन प्रधानमन्त्रीलाई उन्मुक्ति दिएर मन्त्रिपरिषद सदस्यविरुद्ध मुद्दा दर्ता गरिएको भन्दै संसददेखि सडकसम्म बिरोध प्रदर्शन गरेको छ । नगरको विभिन्न ठाउँबाट निकालिएको पुतला प्रहरी हस्तक्षेप बाबजुद पनि नगर परिक्रमा गर्दै घण्टाघरमा पुगी कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै नेबि संघका पुर्व केन्द्रिय सदस्य सुधिर पटेलले अख्तियारले आफ्नो अमर्यादिक निर्णय नसच्याए हामी देशको सडक तताउन बाध्य हुने चेतावनी समेत दिए । उनले अख्तियारका कर्मचारी कालाे मसाे दल्ने चेतावनी समेत दिए । कोण सभाकाे संचालक जिल्ला सचीव प्रभात सिंहले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

प्रयोगात्मक शिक्षाका लागि सरकारी विद्यालयमा आधुनिक प्रयोगशाला बनाउन विशेष साहको प्रस्ताव

काठमाडौं । जेन जि पर्साका संयोजक विशेष साहले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनसँग भेट गरी सरकारी विद्यालय तथा कलेजहरूमा प्रयोगात्मक शिक्षालाई प्रभावकारी बनाउन...

बाल दिवसकाे अवसरमा कालिकामाईमा सांस्कृतिक कार्यक्रम तथा वक्तृत्वकला प्रतियोगिता

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–२ भेडिहारीस्थित श्री कालिका एकेडेमी बोर्डिङ स्कुलमा बाल दिवसको अवसरमा सांस्कृतिक कार्यक्रम तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विद्यालय परिसरमा...

असोज ११ गते वीरगन्जमा नेकपा पर्साको जिल्ला समायोजन, प्रचण्ड–नेपाल सहभागी हुने

वीरगंज । असोज ११ गते वीरगंजमा हुने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साको जिल्ला समायोजन, सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न...