29 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

भोलेन्टियरको मनोबल बढाउदै सहायक प्रजिअ बस्नेत

वीरगंज । वीरगंजकाे सान नेपालकै मुख्य नाकाको रुपमा देस भरी नै चिनिने मुख्य प्रवेशद्वार शंकराचार्य गेटको मुहार फेरिएको पाइएको छ । बिगतका केही महिना पहिला शंकराचार्य गेटको वरिपरि फोहरमैलाले गर्दा त्यहा आवतजावत गर्ने यात्रुहरुले नाकमा रुमाल वा मास्क अनिवार्य लगाएर नै आवतजावत गर्नु परि रहेको थियो ।

यता करिब १३ सप्ताह देखि लगातार सरसफाइ भएको कारणले यात्रुहरुले केही हद सम्म राहत महशुस गरेको स्थानीयले बताएका छन । शंकराचार्य गेट हाम्रो गरिमा रहेको र त्यहाबाट आउने यात्रुहरुलाई जब सम्म हामिले सरसफाइको साथ स्वागत गर्दिनौ तब सम्म भिजिट नेपाल 2020 सफल नहुने भोलेन्टियर समुहका कारण यादवले वताए ।

प्रत्येक शनिबारका दिन बिहानै नेपालको मुख्य प्रवेशद्वार सफाइ हुने गरेको र सो सरसफाइ अभियान बिरगंजका केही युवाहरुले गर्दै आएका छन भन्ने मैले सामाजिक सन्जालमा सुन्दै आएको छु, म पर्सा जिल्लामा आए देखि धेरै कार्यक्रमको बारेमा सुने तर निरन्तर काम भइ रहेको र निस्वार्थ रुपले यश प्रकारले लागेका युवाहरूलाई देखेर म आफै पनि भोलेन्टियर भइ घण्टाघरबाट हिडदै यह सम्म अनुगमन सहित भोलेन्टियर भाइहरुलाई सहयोग गर्नको लागि आए, हाम्रो शंकराचार्य गेटको अगाडिको तस्बिर म आफ्नो फेसबुकमा समेत राखेर विश्व भरी नै पहिचान गराउने छ, आखिर यो शंकराचार्य गेट हाम्रै गौरव हो र यसको रेखदेख गर्ने हामी सबैको दायित्व समेत रहेको सहायक प्रमुख जिल्ला अधिकारि ललित कुमार बस्नेतले बताए ।

सहायक प्रमुख जिल्ला अधिकारि बस्नेतलाई बिना सूचना यसरी यहाँ देखेर हामी चकित भएको भोलेन्टिय समुहका संयोजक राजन श्रीवास्तवले बताए । बस्नेतले महानगरपालिकाका प्रतिनिधि, कर्मचारीहरुलाइ निर्देशन दिनुका साथै भोलेन्टियर साथीहरु संग हातेमालो गरेर मनोबल बढाए साथै धन्यवाद शुभकामना सहित आउने दिनमा अझ साथ र सहयोग हुने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:218. Generation time:3.085 sec. Memory consumption:81.5 mb