Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

जनगणना २०७८ काे तयारी सम्बन्धी अन्तरक्रिया तथा छलफल

spot_img
spot_img

वीरगंज । राष्ट्रिय जनगणना २०७८ काे तयारी सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम आज वीरगंजमा सम्पन्न भएकाे छ । तथ्यांक कार्यालय पर्साकाे आयाेजनामा भएकाे कार्यक्रममा वाेल्दै वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले जनगणनाकाे तयारी तिहारी जस्ताे गर्नु पर्ने वताए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मेयर सरावगीले १० बर्षमा एक पटक गरिने जनगणनालाई तिहारकाे रुपमा लिनु पर्ने र काेई नछुटाेस र काेई नदाेहाेरिने हिसाबले गर्नु पर्ने वताए ।

पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीले जगणनाकाे लागि सबैकाे सहयाेग जरुरी रहेकाे वताए । उनले विगतकाे जनगणनाबाट पाठ सिखेर त्यस अनुसार गर्नु पर्ने वताए ।

जिल्ला प्रशासन कार्यालय परिसरमा रहेकाे कर्मचारी मिलन केन्द्रकाे भवनमा भएकाे कार्यक्रममा तथ्यांक कार्यालय पर्साका निर्देशक केशव ज्ञवाली जनगणना बारे प्रस्तुती राख्दै यस पालिकाे जनगणनाकाे लागि शिक्षक नघटाइने वताए ।

उनले अगामी जनगणना २०७८ जेठ २५ देखी असार ८ सम्म गरिने वताए । त्यसकाे लागि वीरगंज महानगरमा एक सय ५० र पर्साका अन्य स्थानिय तहमा ५ सय जना गणक घटाइने वताए । जनगणनाकाे लागि १२ कक्षा पासलाई गणक र स्नातक तह पासलाई सुपरभाईज नियुक्त गरिने उनले जानकारी गराए ।

अब हुने जनगणनाले वडा सम्मकाे तथ्यांक दिने उनले वताए । जनगणनाबाट सही तथ्यांक संकलन गर्नकाे लागि सबैकाे सहयाेगकाे जरुरी रहेको उनकाे भनाई थियाे ।

कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधि, कार्यालय प्रमुखव वा प्रतिनिधिहरुकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्सा–बारामा प्रमुख प्रशासकीय अधिकृत हेरफेर, को कहाँ पुगे ?

वीरगंज । पर्सा र बाराका विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला...

क्यासिनो प्रकरणमा सखुवा प्रसौनी अध्यक्ष यादवसहित ८ जना धरौटीमा रिहा

वीरगंज । वीरगंज महानगरपालिका–१४ गण्डकस्थित क्लर्क रिसोर्टमा रहेको गोल्डेन फिंगर गेमिङ जोन प्रालि. (क्यासिनो) बाट पक्राउ परेका सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादवसहित आठै...

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच लाख...