Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

नेपाली कांग्रेस निकटका भातृ संगठनहरुद्वारा वीरगंजमा प्रदर्शन

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेस निकटका विभिन्न भातृ संगठनहरुले आज वीरगंजमा विराेध प्रदर्शन गरेका छन् ।  बालुवाटारको जग्गा प्रकरणमा नेकपा नेतालाई उन्मुक्ति तथा अन्यलाई राजनैनितक बदनियत र प्रतिशाेधपूर्ण मुद्दा लगाउने निर्णय भएकाे भन्दै कांग्रेस निकटका भातृ संगठनहरुले विराेध प्रदर्शन गरेका हुन् ।

वीरगंजकाे घण्टाघरबाट निस्केकाे विराेध जुलुश माईस्थान, महाविरस्थान, आदर्शनगर, घडिहर्वा हुदै पुन: घण्टारमा पुगी काेण सभामा परिणत भएकाे थियाे । बिराेध जुलुशमा सहभागिहरुले स्वतन्त्र र निष्पक्ष न्याय गर, निर्दाेषलाई फसाउन पाइदैन्, काण्डै काण्डकाे सरकार चाहिदैन्, भ्रष्ट सरकार चाहिदैन् लगायतका नारा लेखिएकाे प्ले कार्ड सहित चक्राे नाराबाजी समेत गरेका थिए ।

तरुण दल पर्साकाे आयाेजनामा भएकाे विराेध प्रदर्शनमा नेपाली कांग्रेस पर्साका काेषाध्य इमतियाज आलम, तरुण दलका नेता सहरुम राउत गद्दी, हुकुम सिंह, कालु सिंह, राजु गुप्ता, नेवि संघका पूर्व केन्द्रिय सदस्य बद्री तिवारी, तरुण दल पर्साका सचिव विवेक चाैरसिया, विद्यार्थी नेता बिकास तिवारी, राेशन सिंह, मुनराज तिवारी, राज चाैरसिया लगायत नेवि संघ, महिला संघ, किशान संघ लगायतका नेपाली कांग्रेस निकटका भातृ संगठनका नेता तथा कार्यककर्ताहरुकाे सहभागिता रहेका थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...