Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

रेडक्रस पर्साकाे प्रथम बार्षिक साधारण सभा सम्पन्न

spot_img
spot_img

पर्सा । पर्साको पोखरीया नगरपालिकामा आज नेपाल रेडक्रस सोसाईटी पर्सा जिल्ला शाखाको प्रथम बार्षिक साधारण सभा सम्पन्न भएकाे छ ।

जिल्ला उच्यांगल रामदेव कलवार उच्च मावि पोखरीयामा भएको साधारण सभामा आर्थिक बर्ष ०७७।०७८ को अनुमानित बजेट ६ करोड २० लाख २३ हजार ५ सय आम्दानी र सोही बराबर खर्च गरिने कोषाध्यक्ष महन्थ प्रसाद यादवले प्रस्तुत गर्दा सहभागीहरुले सर्वसम्मत पास गरे ।

नेपाल रेडक्रस सोसाईटी प्रदेश नम्बर २ का अध्यक्ष फुलमहम्मद मियाले दिप प्रजवलन गरी साधारण सभाको उदघाटन गरेका थिए । सभामा बोल्दै प्रमुख अतिथी मियाले कालिकामाई गाउँपालिकामा उपशाखा बिस्तार गर्ने र अब उपशाखाहरुलाई नै सम्मपुर्ण अधिकार रहेकोले सक्रियता पुर्बक काम गर्न आग्रह गरे ।

शुभकामना मन्तब्य राख्दै पोखरीया नगरपालिकाका प्रमुख दिपनारायण रौनियारले नेपाल रेडक्रस सोसाईटीको स्थापनाले हाम्राे समाजमा बिभिन्न किसिमकाे सेवाहरु उपलब्ध भएकोले पोखरीया नगरपालिका रेडक्रसको सहयोगका लागी तत्पर रहने बताए ।

नेपाल रेडक्रस सोसाईटी पोखरीया उपशाखाको आयोजनामा भएको साधारणसभामा पाेखरिया नगरपालिकाकी उपप्रमुख सलमा खातुन, रेडक्रस सोसाईटी पर्साका मंत्री शैलेन्द्र चौरसिया लगायतकाले शुभकामना मन्तब्य राखेका थिए ।

रेडक्रस पर्साका सभापति बिरेन्द्रराज कडेलको सभापतित्वमा भएकाे कार्यक्रममा समाजसेवीहरुलाई मायाको चिनो, प्रमाण पत्र र दोसाला ओढाई सम्मान समेत गरिएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...