Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

रेडक्रस पर्साकाे प्रथम बार्षिक साधारण सभा सम्पन्न

spot_img
spot_img

पर्सा । पर्साको पोखरीया नगरपालिकामा आज नेपाल रेडक्रस सोसाईटी पर्सा जिल्ला शाखाको प्रथम बार्षिक साधारण सभा सम्पन्न भएकाे छ ।

जिल्ला उच्यांगल रामदेव कलवार उच्च मावि पोखरीयामा भएको साधारण सभामा आर्थिक बर्ष ०७७।०७८ को अनुमानित बजेट ६ करोड २० लाख २३ हजार ५ सय आम्दानी र सोही बराबर खर्च गरिने कोषाध्यक्ष महन्थ प्रसाद यादवले प्रस्तुत गर्दा सहभागीहरुले सर्वसम्मत पास गरे ।

नेपाल रेडक्रस सोसाईटी प्रदेश नम्बर २ का अध्यक्ष फुलमहम्मद मियाले दिप प्रजवलन गरी साधारण सभाको उदघाटन गरेका थिए । सभामा बोल्दै प्रमुख अतिथी मियाले कालिकामाई गाउँपालिकामा उपशाखा बिस्तार गर्ने र अब उपशाखाहरुलाई नै सम्मपुर्ण अधिकार रहेकोले सक्रियता पुर्बक काम गर्न आग्रह गरे ।

शुभकामना मन्तब्य राख्दै पोखरीया नगरपालिकाका प्रमुख दिपनारायण रौनियारले नेपाल रेडक्रस सोसाईटीको स्थापनाले हाम्राे समाजमा बिभिन्न किसिमकाे सेवाहरु उपलब्ध भएकोले पोखरीया नगरपालिका रेडक्रसको सहयोगका लागी तत्पर रहने बताए ।

नेपाल रेडक्रस सोसाईटी पोखरीया उपशाखाको आयोजनामा भएको साधारणसभामा पाेखरिया नगरपालिकाकी उपप्रमुख सलमा खातुन, रेडक्रस सोसाईटी पर्साका मंत्री शैलेन्द्र चौरसिया लगायतकाले शुभकामना मन्तब्य राखेका थिए ।

रेडक्रस पर्साका सभापति बिरेन्द्रराज कडेलको सभापतित्वमा भएकाे कार्यक्रममा समाजसेवीहरुलाई मायाको चिनो, प्रमाण पत्र र दोसाला ओढाई सम्मान समेत गरिएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...