29 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

प्रसौनी टि २० कपकाे फाइनल खेलमा युसिसि वीरगंज विजयी

वीरगंज । प्रसौनी टि २० नक आउट कपकाे फाइनल खेलमा युनाईटेड क्रिकेट क्लब(युसिसि) वीरगंज विजयी भएकाे छ । बाराकाे प्रसाैनी गाउँपालिकामा जारी प्रसाैनी टि २० कपकाे आज भएकाे फाइनल खेलमा केसिसि कलैयालाई हराउदै युसिसि वीरगंज विजयी भएकाे हाे ।

टस जितेर पहिलाे वैटिङ्ग गरेकाे केसिसि कलैयाले निर्धारित २० ओभरमा ९ विकेटकाे क्षतिमा एक सय ४९ रन बनाएका थियाे । जवाफी वैटिङ्गमा उत्रेका युसिसि वीरगंजले १९.५ ओभरमा ९ विकेटकाे क्षतिमा एक सय ५० रनकाे लक्ष्य पुरा गर्दै जित हासिल गर्याे ।

युसिसिका तर्फबाट सर्वाधिक कप्तान मुर्तजा हवारीले ४ ओभरमा ४ विकेट र सुरज पटेलले ४ ओभरमा २ विकेट लिएका थिए । उक्त खेलकाे म्यान अफ द म्याच युसिसिका रासिद खान ५४ रन नटआउट र एक विकेटकाे सहायताले घोषित भएकाे युसिसिका सदस्य राजुल हवारीले वताए ।

प्रदेश २ का भाैतिक पूर्वधार तथा याेजना मन्त्री जितेन्द्र साेनलले विजेता र उपविजेता टिमालाई पुरस्कार राशी सहित टफीले पुरस्कृत गरे । प्रसाैनी क्रिकेट क्लबकाे आयाेजनामा भएकाे टि २० नक आउट कपमा ८ वटा टिमले भाग लिएका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पोखरिया गोल्डकपकाे उपाधि वीरगंज युथ एकेडमीले जित्याे

कालिका टाईम्स

नेपालले अमेरिकालाई १७ रनले हरायो

कालिका टाईम्स

श्रीदेवी माई नकआउट क्रिकेट टुर्नामेन्टकाे उपाधि प्रिन्स-११ ले जित्यो

कालिका टाईम्स
SQL requests:216. Generation time:2.735 sec. Memory consumption:81.55 mb