Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

वीरगंज प्रिमियर लिग च्याम्पियन वीरगंज स्टार

spot_img
spot_img

वीरगंज । वीरगंज प्रिमियर लिग टि २० क्रिकेट प्रतियोगिताको उपाधी वीरगंज स्टारले जितेको छ । वीरगंज स्थित नारायणी क्रिकेट मैदानमा जारी प्रतियोगिताको आज भएको फाइनल खेलमा सिंह ११ लायन्सलाई हराउदै वीरगंज स्टार विजयी भएको हो ।

पहिला बैटीङ्ग गरेको सिंह ११ लायन्सले निर्धारित पुरा २० ओभर खेल्दै ४ विकेटको नोक्सानीमा एक सय ४० रन बनाएको थियो । त्यस पछि जवाफी वैटिङ्गमा उत्रेको वीरगंज स्टारले १८.५ ओभर खेल्दै ६ विकेटको नोक्सानीमा एक सय ४१ रनको लक्ष्य पुरा गर्दै जित हासिल गरेको थियो ।

खेलको म्यान अफ द म्याच, म्यान अफ द सिरिज र सर्वाधिक छक्का हान्ने खेलाडी विजेता टिम वीरगंज स्टार कै खेलाडी विवेक कुमार यादव घोषित भए । उनले म्यान अफ द म्याचको पुरस्कार रु एक हजार ५ सय, म्यान अफ द सिरिजको पुरस्कार रु २० हजार र सर्वाधिक छक्का हान्ने वापतको पुरस्कार रु १० हजार पाए ।

यस्तै वेस्ट व्वलर वीरगंज सिसिको सैफुल अन्सारी र वेस्ट वैटस म्यान रौतहट राइनोजका गरौव खड्का घोषित भएका थिए । दुबै जनालाई रु १०/१० हजार नगद पुरस्कार समेत प्रदान गरिएको थियो ।

प्रतियोगितको विजेत वीरगंज स्टारलाई समापन कार्यक्रमका प्रमुख अतिथी प्रदेश २ का समाजिक विकास मन्त्री नवलकिशोर साहले पुरस्कार राशी रु २ लाख ५० हजार र उप विजेता सिंह ११ लायन्सलाई कार्यक्रमका विशिष्ट अतिथी प्रदेश सांसद जन्नत अन्सारीले पुरस्कार राशी रु एक लाख ८० हजारले सहित टफीले पुरस्कृत गरे ।

आयोजक युनाइटेड क्रिकेट क्लबका अध्यक्ष हासिम हवारीको अध्यक्षतामा भएको समापन समारोहको संचालन वीपिएलका प्रवक्ताका राजुल हवारीले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...