Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

वीपिएलकाे सेमिफाइनलमा वीरगंज स्टार विजयी

spot_img
spot_img

वीरगंज । वीरगंज प्रिमियर लिग (वीपिएल) टि २० क्रिकेट प्रतियोगिताको आज भएकाे सेमिफाइनल खेलमा वीरगंज स्टार विजयी भएकाे छ । वीरगंज स्थित नारायणी क्रिकेट मैदानमा जारी खेलमा केआईईसी वीरगंजलाई ६ विकेटले हराउँदै  वीरगंज स्टार विजयी भएको हो ।

टस जितेर वैटिङ्ग गरेकाे केआईईसीले निर्धारित २० ओभरमा ९ विकेटकाे क्षतिमा ८९ रनमा समेटिएका थिए । जवाफी बैटीङ्गमा उत्रेकाे वीरगंज स्टारले १६.३ ओभरमा ४ विकेटकाे क्षतिमा ९२ रन बनाउदै जित हासिल गरेकाे वीपिलका प्रवक्ता राजुल हवारीले वताए ।

सेमिफाइनल खेलमा वीरगंज स्टार विजयी भए पछि भाेली (साेमबार) हुने फाइनल खेलमा प्रबेश गरेकाे छ । यस अघि नै प्वाइन्टकाे आधारमा सिंह ११ सिधै फाइनलमा प्रबेश गरिसकेकाे छ ।

सेमिफाइनल खेलको म्यान अफ द म्याच विजयी टिम वीरगंज स्टारका विवेक कुमार यादव २५ बलमा ४ चाैकाकाे सहयताले २५ रन र बवलिङ्ग तर्फ ३ ओभरमा १८ रन खर्चि २ विकेट लिएर घाेषित भएका थिए ।

प्रतियाेगितकाे विजयता टिमले रु २ लाख ५० हजार र उप विजेताले रु एक लाख ८० हजार नगद पुरस्कार पाउनेछन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...