29 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

वीपिएलकाे सेमिफाइनलमा वीरगंज स्टार विजयी

वीरगंज । वीरगंज प्रिमियर लिग (वीपिएल) टि २० क्रिकेट प्रतियोगिताको आज भएकाे सेमिफाइनल खेलमा वीरगंज स्टार विजयी भएकाे छ । वीरगंज स्थित नारायणी क्रिकेट मैदानमा जारी खेलमा केआईईसी वीरगंजलाई ६ विकेटले हराउँदै  वीरगंज स्टार विजयी भएको हो ।

टस जितेर वैटिङ्ग गरेकाे केआईईसीले निर्धारित २० ओभरमा ९ विकेटकाे क्षतिमा ८९ रनमा समेटिएका थिए । जवाफी बैटीङ्गमा उत्रेकाे वीरगंज स्टारले १६.३ ओभरमा ४ विकेटकाे क्षतिमा ९२ रन बनाउदै जित हासिल गरेकाे वीपिलका प्रवक्ता राजुल हवारीले वताए ।

सेमिफाइनल खेलमा वीरगंज स्टार विजयी भए पछि भाेली (साेमबार) हुने फाइनल खेलमा प्रबेश गरेकाे छ । यस अघि नै प्वाइन्टकाे आधारमा सिंह ११ सिधै फाइनलमा प्रबेश गरिसकेकाे छ ।

सेमिफाइनल खेलको म्यान अफ द म्याच विजयी टिम वीरगंज स्टारका विवेक कुमार यादव २५ बलमा ४ चाैकाकाे सहयताले २५ रन र बवलिङ्ग तर्फ ३ ओभरमा १८ रन खर्चि २ विकेट लिएर घाेषित भएका थिए ।

प्रतियाेगितकाे विजयता टिमले रु २ लाख ५० हजार र उप विजेताले रु एक लाख ८० हजार नगद पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पोखरिया गोल्डकपकाे उपाधि वीरगंज युथ एकेडमीले जित्याे

कालिका टाईम्स

नेपालले अमेरिकालाई १७ रनले हरायो

कालिका टाईम्स

श्रीदेवी माई नकआउट क्रिकेट टुर्नामेन्टकाे उपाधि प्रिन्स-११ ले जित्यो

कालिका टाईम्स
SQL requests:216. Generation time:3.236 sec. Memory consumption:81.5 mb