Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

संवाद संहजिकरणकाे लागि तेस्राे माेडेल एनिमेटर तालिम सम्पन्न

spot_img
spot_img

वीरगंज । संवाद संहजिकरणकाे लागि तेस्राे माेडेल ५ दिने एनिमेटर तालिम आज सम्पन्न भएकाे छ ।  नेपाल ग्रामिण पुनर्निमाण संस्था (आर.आर.एन.) काे आयाेजनामा हाेटल विजया ज्याेती वीरगंजमा भएकाे तालिम सम्पन्न भएकाे हाे ।

तालिमकाे समापन गर्दै बाराकाे परवानीपुर गाउँपालिका अध्यक्ष हरिनारायण प्रसाद साहले पहिलाे प्राथमिकता जिविकाेपार्जन हुनु पर्ने वताए । कार्यक्रमकाे प्रमुख अतिथी समेत रहेकाे अध्यक्ष साहले हामीले कृषीलाई प्राथमिकतामा राखेर अगाडी बढ्नु पर्ने धारण राखे ।

कतिपय मानिसकाे छाेरीलाई सामुदायिक र छाेरालाई निजी विद्यालयमा पढाउन रहर नभएर बाध्यता भएकाे उनकाे भनाई थियाे ।

हाम्राे समाजमा काम गर्न चुनाैति रहेकाे वताउदै उनले आत्म विश्वासकाे साथ अगाडी बढ्न तालिमका सहभागिहरुलाई सुझाव दिए । राम्राे कामकाे विराेध भए पनि पछि समर्थन पनि हुने गरेकाेले काम गर्ने समयमा नआत्न साहकाे आग्रह थियाे ।

कार्यक्रम व्यवस्थापक भानु पराजुलीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा चाइल्ड नेपालका अध्यक्ष कृष्ण सुवेदी, आयाेजक संस्थाका वित्त अधिकृत रविन भण्डारी, बरिष्ठ संवाद अधिकृत युवराज कार्की लगायतकाे सहभागिता रहेकाे थियाे ।

चाइल्ड नेपाल र संरक्षण नेपालकाे सहकार्यमा भएकाे तालिममा भिम कुमार राई, प्रकाश पाण्डे, उमा राय माझी र सुनेश्वर साहले प्रशिक्षण दिएका थिए ।

किशाेरी सशक्तिकरणकाे लागि किशाेरी संवाद कार्यक्रम अन्तर्गत भएकाे तालिमका सहभागिहरुलाई तालिम प्रमाण पत्र र संवाद संचालन निर्देशिका भाग ३ समेत वितरण गरिएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

आश्विन शुक्ल षष्ठीः कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ । दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष...

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...