29 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

वीपिएलकाे फाइनलमा सिंह ११ प्रबेश

वीरगंज । वीरगंज प्रिमियर लिग (वीपिएल) टि २० क्रिकेट प्रतियोगिताको आज भएको आठाैं दिनको पहिलो खेलमा सिंह ११ विजयी भएको छ । राैतहट राइनाेजलाई ७ विकेटले हराउँदै सिंह ११ विजयी भएको हो ।

राैतहट राइनाेज १९ ओभरमा सबै विकेटको गुमाएर १ सय ४ रन बनाएको थियो । जवाफी बैटीङ्गमा उत्रेकाे सिंह ११ ले १६.४ ओभरमा ३ विकेटकाे क्षतिमा एक ५ रनकाे लक्ष्य पुरा गर्दै विजयी घाेषित भएकाे थियाे ।

खेलको म्यान अफ द म्याच विजयी टिम सिंह ११ का कप्तान मैहबुब आलम ४ ओभरमा १७ रन खर्च गरेर ३ विकेट लिएर र १७ बलका ३४ रन बनाउदै भएका थिए ।

यस्तै आजै सम्पन्न दोश्रो खेलमा केआईईसी वीरगंज विजयी भएको छ । वीरगंज स्टारलाई ५ विकेटले हराउँदै केआईइसी विजयी भएको हो ।

टस जितेर ब्याटिङ रोजेका वीरगंज स्टारले निर्धारित २० ओभरमा ८ विकेटको नोक्सानीमा ९५ रन बनाएका थिए । जवाफी ब्याटिङमा उत्रेका केआईइसी वीरगंजले १८.१ ओभरमा ५ विकेटको क्षतिमा ९७ रन बनाउदै विजयी भएका थिए ।

दाेस्राे खेलकाे म्यान अफ द म्याच विजयी टिम केआईइसिका आदिल अन्सारीले ४ ओभरमा १८ रन खर्चेर एक विकेट लिएर र ३६ बलमा ४० रन बनाएर घाेषित भएका थिए ।

भाेली आइतबार हुने सेमिफाइन खेल वीरगंज स्टार र केआईईसी वीरगंज विच हुने वीपिएलका  प्रवक्ता राजुल हवारीले बताए ।प्वाइन्टकाे आधारमा पहलाे स्थानमा रहेकाे टिम सिंह ११ सिधै फाइनलमा प्रबेश गरेकाे समेत प्रवक्ता हवारीले जानकारी गराए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पोखरिया गोल्डकपकाे उपाधि वीरगंज युथ एकेडमीले जित्याे

कालिका टाईम्स

नेपालले अमेरिकालाई १७ रनले हरायो

कालिका टाईम्स

श्रीदेवी माई नकआउट क्रिकेट टुर्नामेन्टकाे उपाधि प्रिन्स-११ ले जित्यो

कालिका टाईम्स
SQL requests:216. Generation time:3.412 sec. Memory consumption:81.55 mb