Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

जिल्ला कृषि सहकारी संघ पर्साकाे आठौं बार्षिक साधारण सभा सम्पन्न

spot_img
spot_img

वीरगंज । जिल्ला कृषि सहकारी संघ लि. पर्साकाे आठौं बार्षिक साधारण सभा आज वीरगंजमा सम्पन्न भएकाे छ । जिल्ला समन्वय समिति पर्साकाे सभा हलमा भएकाे साधारण सभाकाे उद्घाटन प्रदेश सांसद राजेशवर प्रसाद साहले गरेका थिए ।

सभाकाे उद्घाटन गर्दै सांसद साहले प्रदेश २ मा चुरे संरक्षण जरुरी रहेकाे वताए । कार्यक्रमकाे प्रमुख अतिथी समेत रहेका साहले चुरे संरक्षण भएन भने आउने सन्ततीलाई ग्राहाे हुने समेत वताए ।

किशानकाे समस्या नबुझे सम्म प्रदेश समृद्ध नहुने वताउदै सांसद साहले किशानकाे समस्या समाधान नहुनुमा संघ र प्रदेश दुबै सरकार दाेषी रहेकाे आराेप लगाए । उनले भने “चिनिमिलहरुले किशानकाे पैसा नदिनुमा सरकार पनि दाेषी रहेकाे छ, संघ सरकारले मिलहरुलाई दिनु पर्ने १३ प्रतिशत रिफन्डिङ्ग भ्याटकाे पैसा नदिएका कारण दाेषी छ ।”

प्रदेश सरकारले ८ वटै जिल्लामा २०/२० कराेडकाे लागतमा काेल्ड स्टाेर बनाइरहेकाे जानकारी गराउदै उनले त्यसकाे जरुरी नरहेकाे धारणा राखे । उनले भने प्रदेश २ मा खान नपुगेकाे अवस्थामा काेल्ड स्टाेरकाे के काम, त्याे पनि ठुलाे ठुला व्यापारीहरुलाई ८० प्रतिशत अनुदानमा बनाउन दिनु राम्राे हाेइन् ।

उनले किशानहरुलाई तालिम दिन जरुरी रहेकाे समेत वताए । त्यसकाे लागि किशान पाठशाला स्थापना गर्न प्रदेश सरकार संग आफुले माग समेत गरि सकेकाे वताए ।

यसका साथै किशानकाे अनुदानकाे रकम सिधै किशानकाे खातामा जान्नु पर्ने व्यवस्था हुनु पर्छ । किशान समृद्ध नभए सम्म प्रदेश समृद्ध हुदैन् नेपाली कांग्रेसका नेता समेत रहेका सांसद साहकाे भनाई थियाे ।

कृषी सहकारी संघ पर्साका अध्यक्ष शिव कुमार साहकाे अध्यक्षतामा भएकाे साधारण सभा उद्घाटन समाराेहमा राष्ट्रिय सहकारी विकास वाेर्डका सदस्य शम्भु गुप्ता, समाजबादी पार्टीका केन्द्रिय सदस्य फिराेज मंसुर, जिल्ला वचत तथा ऋण सहकारी संघ पर्साका अध्यक्ष राजेश पंडित, काेपरेटीभ मनेजर क्लब पर्साका अध्यक्ष जिस्नु बराल, जिल्ला किशान संघ पर्साका अध्यक्ष असर्फी साह, युवा साना व्यवसाय राेजगारी काेषकाे संयाेजक सुनिल राैनियार लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा राष्ट्रिय सहकारी वाेर्डका सदस्य गुप्ता, जिल्ला बचत सहकारी संघ पर्साका अध्यक्ष पंडित, काेपरेटीव मनेजर क्लब पर्साका अध्यक्ष बराल, पत्रकार शम्भु कुमार सुमन, समाजिक अभियान्ता प्रकाश थारु, युवा साना व्यवसाय राेजगारी काेषकाे संयाेजक राैनियार, कृषी सहकारी संघका लेखा समिति संयाेजक अरविन्द कुमार साहलाई प्रशंसा पत्रले सम्मान समेत गरिएकाे थियाे ।

कार्यक्रमकाे संचालन सिद्धनाथ कृषि सहकारी संस्थाका सचिव मनाेज यादवले गरेका थिए भने स्वागत मन्तव्य जिल्ला कृषि सहरकारी संघका महासचिव जगदिश यादव र प्रतिवेदन प्रस्तुत लेखा समिति संयाेजक साहले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...