Date
बिहि, अशोज ८, २०८३
Thu, September 24, 2026

मुक्तिनाथ बैंकको वीरगंज शाखामा आगलागी, २० लाख जतिकाे क्षति

spot_img
spot_img

वीरगंज । मुक्तिनाथ बिकास बैंकको वीरगंज शाखामा गाएराति आगलागी भएको छ । वीरगंज लिंकरोडस्थित नगर विकास समितिको भवनमा रहेको बैंकको शाखा कार्यालयमा शुक्रबार राती ११ बजे आगलागी भएको हो ।

आगलागीबाट बैंकभित्र रहेको एक दर्जन कम्युटर, प्रिन्टर ३ थान, २ सेट सोफा, ४ थान एसी, फर्निचर लगायतका समान र कागजपत्र जलेर नष्ट भएको बैंकका एक कर्मचारीले वताए । उनका अनुसार बैंकमा रहेकाे रकम भने सुरक्षित छ ।

आगलगीबाट २० लाख जतिकाे क्षति भएकाे हुन सक्ने अनुमान गरिएकाे छ ।

सुरक्षा गार्डले बैंकभित्र आगो लागेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।  आगलागीको कारण खुलेको छैन । तर, विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।

वीरगंज महानगरपालिकाको दमकलको सहयाेगमा सुरक्षाकर्मी र स्थानीय मिलेर आगो नियन्त्रणमा लिएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

बाराको कलैयामा दुई दिन विद्यालय बन्द

बारा । बाराको कलैया उपमहानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिन पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। उपमहानगरपालिकाका अनुसार असोज ८ गते बिहीबार र ९...

जिराभवानीमा स्थानीय शिक्षा योजनाको समीक्षा तथा कार्ययोजना निर्माण कार्यशाला

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा स्थानीय शिक्षा योजनाको समीक्षा तथा आगामी कार्ययोजना निर्माणसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । जिराभवानी गाउँपालिकाको आयोजनामा वडा नं. ३ स्थित...

प्राइम कमर्सियल बैंकको वार्षिकोत्सवमा रक्तदान, ७५ जनाले दिए रगत

वीरगंज । प्राइम कमर्सियल बैंक लिमिटेडको २०औँ वार्षिकोत्सवको अवसरमा बैंकको वीरगञ्ज शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा चार महिलासहित ७५ जनाले रक्तदान गरेका...