Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

ट्राफिक ब्यवस्थापन सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । ट्राफिक ब्यवस्थापन सम्बन्धि जनचेतना कार्यक्रम आज वीरगंजमा सम्पन्न भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बीरगंज पर्साको आयोजना र राष्ट्रिय बाणिज्य बैंकको समन्वयमा वीरगंजकाे घण्टाघर नजिककाे पार्कमा कार्यक्रम भएको हो ।

कार्यक्रममा नगर प्रमुख बिजय कुमार सरावगीले महानगरपालिकाले सडक फराकिलो हुनु पर्छ भनेर नगर परिषद्बबाट १५ र १५ मिटर पास गरिसकेको तर अहिले अदालतमा मुद्दा विचाराधीन रहेकोले काम गर्न असजिलो भएको बताए । उनले बीरगंजकाे मेनरोड फराकिलो हुने बितिकै सडक ब्यवस्थापन समस्यामा कमि आउने धारणा राखे ।

उनले ट्राफिक व्यवस्थापनमा अन्य व्यक्ति वा निकायबाट सहयाेग नपाएकाे गुनासाे समेत गरे । वीरगंजलाई हर्न निषेधित क्षेत्र घाेषणा गरिए पनि सहयाेग नपाएका कारण लागु गर्न नसकिएकाे उनकाे भनाई थियाे ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, बीरगंज उधोग बाणिज्य संघका अध्यक्ष गोपाल केडिया, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौर लगायतकाले मन्तव्य राखेका थिए ।

कार्यक्रममा स्वागत मनतब्य प्रदेश २ का ट्राफिक प्रहरी इन्चार्ज प्रहरी उपरिक्षक श्याम कुमार महतोले राखेका थिए भने धन्यवाद ज्ञापन राष्ट्रिय बाणिज्य बैंकका विश्व प्रकाश पोख्रेलले गरेकाे थियाे । कार्यक्रमको सहजिकरण जिल्ला ट्राफिक कार्यालयका प्रहरी निरिक्षक कमलराज पन्डिले गरेका थिए ।

कार्यक्रम अघि बीरगन्जको घन्टाघरबाट प्रभातफेरि निकालिएको थियो । प्रभातफेरी नगरको विभिन्न भागकाे परिक्रम गर्दै  पुन: घण्टाघर नजिकाे पार्कमा पुगी सभामा परिणत भएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषाको हंसपुरमा ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाविस–३ का ३६५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा...

सहयोगको बहानामा रकम उठाउनेमाथि निगरानी र कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकलाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउन पाँच बुँदे निर्देशन जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा...

भोटेकोशी बाढीः एक हजार ३९५ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको शव फेलापरेको छ भने पाँच हजार १३० जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय विपद् जोखिम...