Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

बाराको मोतिसरमा भएकाे सवारी दुर्घटनामा परी वीरगंजकाे युवकको मृत्यु

spot_img
spot_img

वीरगंज । वीरगंज कलैया सडक खण्डअन्तरर्गत बाराको मोतिसर चौकमा आज (बिहीबार) विहान ट्याक्टरको टेलरमा माेटरसाइकल ठोकिँदा एक युवकको ज्यान गएको छ । पल्टिएको ट्याक्टरको टेलरमा मोटरसाइक ठोकिदा वीरगन्ज २४ रामगढवाका ३५ वर्षीया धुरेन्द्र गिरीको ज्यान गएको हो ।

ना १५ प ५७४३ नम्बरको मोटरसाइकलमा सवार गिरी विहान करिब साढे पाँच बजेको समयमा वीरगन्जतर्फ आइरहेको बेला मोतिसर चौक नजिकै मेनरोडमा पल्टिएको उखु लोड गरिएको ट्याक्टरको टेलरमा ठोकिएको थियो । गिरीको घटनास्थलमै मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।

उनको शव परीक्षणको लागि कलैया अस्पतालमा लागिएको प्रहरीले जनाएको छ । बीच बाटोमा ट्याक्टर पल्टिदा टेलरलाई व्यवस्थित तरिकाले नराखेका कारण दुर्घटना भएको स्थानीयवासीको भनाइ छ । टेलरलाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको बाराका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता गौत्तम मिश्रले जानकारी दिए ।

उनले टेलरमा नम्बर नभएका कारण त्यसको धनीको पहिचान हुन नसकेको बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...