Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

बाराको मोतिसरमा भएकाे सवारी दुर्घटनामा परी वीरगंजकाे युवकको मृत्यु

spot_img
spot_img

वीरगंज । वीरगंज कलैया सडक खण्डअन्तरर्गत बाराको मोतिसर चौकमा आज (बिहीबार) विहान ट्याक्टरको टेलरमा माेटरसाइकल ठोकिँदा एक युवकको ज्यान गएको छ । पल्टिएको ट्याक्टरको टेलरमा मोटरसाइक ठोकिदा वीरगन्ज २४ रामगढवाका ३५ वर्षीया धुरेन्द्र गिरीको ज्यान गएको हो ।

ना १५ प ५७४३ नम्बरको मोटरसाइकलमा सवार गिरी विहान करिब साढे पाँच बजेको समयमा वीरगन्जतर्फ आइरहेको बेला मोतिसर चौक नजिकै मेनरोडमा पल्टिएको उखु लोड गरिएको ट्याक्टरको टेलरमा ठोकिएको थियो । गिरीको घटनास्थलमै मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।

उनको शव परीक्षणको लागि कलैया अस्पतालमा लागिएको प्रहरीले जनाएको छ । बीच बाटोमा ट्याक्टर पल्टिदा टेलरलाई व्यवस्थित तरिकाले नराखेका कारण दुर्घटना भएको स्थानीयवासीको भनाइ छ । टेलरलाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको बाराका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता गौत्तम मिश्रले जानकारी दिए ।

उनले टेलरमा नम्बर नभएका कारण त्यसको धनीको पहिचान हुन नसकेको बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धर्म, संस्कृति र परम्पराको संरक्षणले सद्भाव, शान्ति र एकता कायम गर्छः सभामुख यादव

जनकपुरधाम । मधेस प्रदेशका सभामुख रामअशिष यादवले धर्म, संस्कृति र परम्पराको संरक्षणले सामाजिक सद्भाव, शान्ति र एकता कायम गर्न महत्वपूर्ण टेवा पुगेको बताउनुभएको छ...

अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार

जनकपुरधाम । धनुषाको बिदेह नगरपालिकाबाट करिब दुई साताअघि अपहरणमा परेका १५ महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ । यही भदौ १८ गते अपहरणमा परेका...

प्रयोगात्मक शिक्षाका लागि सरकारी विद्यालयमा आधुनिक प्रयोगशाला बनाउन विशेष साहको प्रस्ताव

काठमाडौं । जेन जि पर्साका संयोजक विशेष साहले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनसँग भेट गरी सरकारी विद्यालय तथा कलेजहरूमा प्रयोगात्मक शिक्षालाई प्रभावकारी बनाउन...