Date
शनि, भदौ २०, २०८३
Sat, September 5, 2026

जिराभवानीमा निर्माण भएकाे बरात घरकाे नेता रिजालद्वारा उदघाटन

spot_img
spot_img

वीरगंज । पर्साकाे जिराभवानी गाउँपालिका वडा नं. ५ शंकरसरैयामा निर्माण भएकाे बरात घरकाे आज एक समाराेहका बिच नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले उदघाटन गरेका छन् ।

गाउँपालिका र प्रदेशकाे बजेटले निर्माण भएकाे बरात घरकाे उदघाट गर्दै केन्द्रिय सदस्य रिजालले नेकपाकाे सरकारले व्यवस्थापिका संसदलाई बन्धक बनाएकाे वताए । पार्टीकाे आन्तरिक कलहका कारण नेकपाले एउटा सभामुखकाे टुंगाे लगाउन नसकेर संसदलाई नै बन्धक बनाएकाे उनले आराेप लगाए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका नेता रिजालले दुई तिहाईकाे दम्भमा नेकपाकाे सरकारले संसद र न्यालयलाई आफ्नाे अधिनमा राखी वभिन्न काण्डहरु गरि रहेकाे समेत आराेप लगाए ।

केही समय समाजवादीले दुई तिहाईकाे लागि नेकपालाई सहयाेग गरेकाे र अब राजपा सहयाेग गर्न लागेकाे नेता रिजालकाे भनाई थियाे ।

वडाध्यक्ष दारा सिंहकाे अध्यक्षतामा भएकाे उदघाटन समाराेहमा प्रदेश सांसद शंकर चाैधरी, नेपाली कांग्रेसका नेता वृहस्पति श्रेष्ठ, रमेश पाण्डे, श्रीकान्त यादव, प्रेम थापा लगायतकाकाे सहभागिता रहेकाे थियाे ।

तिन काेठे निर्माण भएकाे बरात घरले गाउँमा हुने विवाहकाे लागि सहज हुने जनाइएकाे छ । बरात घर व्यवस्थापन समिति शंकरसरैयाकाे आयाेजनामा कार्यक्रम भएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...