Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

कालिकामाईमा संचालित महिला राेग परिक्षण स्वास्थ्य शिविर सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिकामा संचालित महिला राेग परिक्षण स्वास्थ्य शिविर सम्पन्न भएकाे छ । शिविरकाे अन्तिम  दिन आज वडा नं. ५ बिरन्चीबर्वामा शिविर भएकाे थियाे ।

गाउँपालिकाकाे स्वास्थ्य शाखाकाे आयाेजनामा भएकाे शिविरमा ४ सय ५० जनाले ‍‌ओपिडी परिक्षण गराएकाे गाउँपालिका स्वास्थ संयाेजक याेगेन्द्र चाैरसियाले वताए । जस मध्ये ३९ जनाकाे भिडियाे एक्सरे र ८५ जनाकाे ल्याब परिक्षण समेत भएकाे संयाेजक चाैरसियाले जानकारी गराए ।

स्वास्थ्य चाैकी बिरन्चीबर्वामा भएकाे शिविरमा डा. मधु पटेल, डा. संजय जयसवाल, डा. आलाेक कुमारले स्वास्थ्य परिक्षण गरेका थिए ।

वडाध्यक्ष पवन तिवारीको अध्यक्षतामा भएको शिविरमा गाउँपालिका अध्यक्ष नथुनी प्रसाद कुशवाह, उपाध्यक्ष राजेश चाैरसिया, प्रमुख प्रशासकिय अधिकृत राजु साह, याेजना शाखाका प्रमुख सुनिल राैनियार, स्वास्थ्य सह संयाेजक महेन्द्र चौरसिया, बिरन्चीबर्वा स्वास्थ्य चौकी प्रमुख निरन्जन चाैरसिया लगायतकाकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...