20.2 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

छपकैयामा निःशुल्क तेक्वान्दो प्रशिक्षण सुरु

वीरगंज । न्यु गोल्डेन अपरचुनिटीज छपकैयाद्धारा सञ्चालित निःशुल्क तेक्वान्दो प्रशिक्षण कार्यक्रमको आज एक समारोहका बिच छपकैया पोखरी परिसरमा शुभारम्भ गरिएको छ ।

छपकैया तेक्वान्दो डोजाङ्ग समेतको सहयोगमा आयोजित तेक्वान्दो प्रशिक्षण कार्यक्रमको उदघाटन गर्नु हुदै नेपाल पत्रकार महासंघ पर्साका सचिव युवराज खडकाले खेलाडिहरु समाज र राष्ट्रका निधि भएकोले खेलकुदको विकास र सम्बद्र्धनको लागि स्थानिय सरकार एवं सामाजिक संघ संस्थाहरुले समेत सहयोग पु¥याउनु पर्नेमा जोड दिए ।

तेक्वान्दो खेलले मानिसलाई स्वस्थ्य र तन्दुरुस्त बनाउने भएकोले आधुनिक खेलको रुपमा चिनिने यस खेलको विकास र सम्बद्र्धनको लागि क्लबले वडा सरकार र नगर सरकार सँग समेत बजेट एवं खेलकुदको व्यवस्थापनको लागि दबाव दिनु पर्नेमा जोड दिदै उहाँले खेलाडिहरुलाई शुभकामना समेत दिएका थिए ।

न्यु गोल्डेन अपरचुनिटीज छपकैयाका अध्यक्ष शेख मुनाको सभापतित्वमा भएका कार्यक्रममा वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी नायब निरिक्षक प्रेम बहादुर खत्री, समाजसेवी जफार अंसारी, वडा नं. २ का कार्यवाहक अध्यक्ष खलिल अंसारी, महिला नेतृ मालती कुशवाहा, मुस्तुफा अंसारी, वडा नं. ५ का सदस्य सुरज पटेल, छपकैया दोजाङ्ग अध्यक्ष मंसुर महम्मद मिया, विश्व हिन्दू परिषद् पर्साका अध्यक्ष रणधिर कुशवाहा, ईमामुदिन अहमद लगायतका वक्ताहरुले शुभकामना मनतव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा खेलाडिहरुलाई प्रमुख अतिथि युवराज खडकाले परिचयपत्र प्रदान गरेका थिए । आयोजक संस्थाले वीरगंज महानगरपालिका वडा नं. १,२,३ र ४ का करिब १ सय जना युवा तथा बालिबालिकाहरुलाई निःशुल्क तेक्वान्दो प्रशिक्षण दिईने प्रशिक्षक मंसुर महम्मद मियाले बताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पोखरिया गोल्डकपकाे उपाधि वीरगंज युथ एकेडमीले जित्याे

कालिका टाईम्स

नेपालले अमेरिकालाई १७ रनले हरायो

कालिका टाईम्स

श्रीदेवी माई नकआउट क्रिकेट टुर्नामेन्टकाे उपाधि प्रिन्स-११ ले जित्यो

कालिका टाईम्स
SQL requests:216. Generation time:3.161 sec. Memory consumption:81.55 mb