Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

ठाेरीमा पनि हाती तथा जिप सफारी सुरु

spot_img
spot_img

वीरगंज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं प्रदेश नं. २ का सह–ईन्चार्ज नागेन्द्र चौधरीले ठोरी पर्यटकीय स्थलकाे रुपमा धनी रहे पनि यसको विकास र प्रवर्द्धनकाे लागि राज्यको ध्यान पुग्न नसकेको बताएका छन् ।

पूर्व मन्त्री समेत रहेका चौधरीले पर्सकाे ठोरी गाउँपालिका वडा नं. ५ सुवर्णपुरको गढवाललाइनमा हाती तथा जिप सफारीकाे उदघाटन गर्दै यस्ताे वताएका हुन् । कार्यक्रमका प्रमुख अतिथी नेता चाैधरीले आपको बिरुवा रोपेर कार्यक्रमको उदघाटन गरेका थिए ।

नेपाल सरकार भ्रमण वर्ष २०२० सुरु गरेकोले तराईमा रहेका पर्यटकिय स्थलको प्रबर्द्धन र विकासको लागि विशेष ध्यान दिन आग्रह गर्नु हुदै नेता चौधरीले पर्सा जिल्लामा पनि चितवनको सौराहाजस्तै पर्यटकीय सम्भावना रहेकाे बताए । पर्सा राष्ट्रिय निकुञ्ज भित्रका पर्यटकीयस्थलहरूलाई प्रकाशमा ल्याउने गरी ठोरी गाउँपालिकाले गरेको कार्यक्रम सराहनीय रहेको उनकाे भनाई थियाे ।

नेता चौधरीले ठोरीमा हात्ती तथा जीप जङ्गल सफारी शुरू भएपछि पर्यटकका लागि आधाभार र सौराहा पुग्नुपर्ने बाध्यताको अन्त्य भएको विश्वास समेत व्यक्त गरे ।

कार्यक्रमका विशिष्ट अतिथि पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अमिर महर्जनले पर्यटन वर्षलाई मध्य नजर गर्दै निकुञ्जभित्र विभिन्न आकर्षणयुक्त गतिविधि संचालन गरी पर्यटकहरुलाई मनोरञ्जन प्रदान गर्न निकुञ्ज हरसमय तयार रहेको बताए ।

संविधानसभा सदस्य जयप्रकाश थारूले पर्सा राष्ट्रिय निकुञ्जभित्र रामभौरीभाठास्थित दुग्धेश्वर महादेव जाने पर्यटकीय बाटो नियमित सञ्चालनका लागि सहयोग गर्न निकुञ्ज सँग आग्रह गर्दै सो बाटो खुल्न सके ठोरी गाउँपालिकाको मात्र नभई जिल्लाकै मुहार फेरिने बताए ।

ठाेरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले भ्रमण वर्ष २०२० सफल बनाउन आयोजना गरिएको महोत्सवले ठोरीलाई पनि पर्यटकीय स्थलको रुपमा चिनाउन सहयोग पुग्ने बताए । पर्साको पर्यटकीय स्थल ठोरी घुम्नका लागि हात्ती र जीप सफारीको व्यवस्था गरिएको बताउदै उनले निकुञ्जसँगको समन्वयमा निकुञ्जभित्र हात्ती र जीप सफारीको व्यवस्था गरिएको बताए ।

पुस २९ गतेसम्म सञ्चालन हुने महोत्सवमा हात्ती तथा जीप सफारीका साथै ख्यातिप्राप्त पहलमानहरूको कुस्ती प्रतियोगिता, राष्ट्रियस्तरमैं ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुति तथा विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुने अध्यक्ष श्रेष्ठले जानकारी गराए ।

उदघाटन समारोहमा ठोरी गाउँपालिकाका विजयबस्ती मावि, घ्याङडाँडा, ज्ञानवाटिका माविका विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रमका साथै मार्चपास गरेका थिए ।

सोक्रममा सरस्वती माध्यमिक विद्यालयका जुनियर एनसिसि तालीम प्राप्त विद्यार्थीले सैनिक बर्दीमा खुकुरी परेड गरेका थिए ।

महाेत्सव आयाेजक समितिका संयाेजक समेत रहेका गाउँपालिका अध्यक्ष श्रेष्ठकाे अध्यक्षतामा भएकाे कार्यक्रममा पोखरिया नगरपालिकाका मेयर दिप नारायण रौनियार, जिराभवानी गाउँपालिका अध्यक्ष रामपृत महतो थारु, सुनाखरि उपभोक्ता समितिका अध्यक्ष देबि प्रसाद दहाल लगायतको सहभागीता रहेको थियो ।

महोत्सव प्रचारप्रसार उपसमितिका संयोजक माधव तिमिल्सिनाले सहजीकरण गरेको उदाटन कार्यक्रममा ठोरी–५ का अध्यक्ष एवं महोत्सव व्यवस्थापन उपसमितिका संयोजक रामबहादुर पाख्रिनले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

“सुशासनयुक्त सक्षम एवं सबल स्थानीय सरकार, पूर्वाधार निर्माण, कृषि, पर्यटन र सशक्तिकरण ठोरीको प्रमुख आधार” भन्ने मुल नारा सहित सुरु भएकाे हात्ती सफारीका लागि नेपालीको ६ सय रुपैयाँ र विदेशीलाई ११ सय रुपैयाँ शुल्क कायम गरिएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...