20.2 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

वीरगंजमा गिरिजा प्रसाद कोईराला गोल्ड कप हुने

वीरगंज । वीरगंजमा गिरिजा प्रसाद कोईराला गोल्ड कप प्रतियोगिताको आयोजना हुने भएको छ । गिरिजा प्रसाद कोईराला फोण्डेशन पर्साले माघ १८ गतेदेखि प्रतियाेगिता आयाेजना गर्न लागेकाे हाे ।

फाउण्डेशन पर्साकाे बुधबार बसेको बैठकले पर्सा जिल्ला स्तरिय फुटबल प्रतियाेगता आयाेजना गर्न र पर्साका दुई पत्रकारलाई सम्मान गर्ने र्निणय गरेको छ । प्रतियाेगितामा पर्साका ८ वटा टिमकाे सहभागि रहनेछ । प्रतियोगिताकाे प्रथम पुरस्कार २ लाख ५० हजार र रनर अप पुरस्कार १ लाख ५० हजार रहने फाउण्डेशन पर्साका अध्यक्ष महम्मद साहबुदिनले वताए ।

बैठकमा फाउण्डेशन पर्साले स्व. गिरिजा प्रसाद कोईरालाको स्मृतिमा स्थानिय दुई पत्रकारलाई २१ हजार नगद सहित सम्मान गर्ने निर्णय समेत भएकाे भएको सभापति साहबुदिनले जानकारी गराए ।

सभापति सहाबुदिनको अध्यक्षतामा बसेको बैठकमा सह सचिव मिंटु देवि सिंह , कोषाध्यक्ष मनोहर साह, सदस्य धिरज गुप्ता, हरिन्द्र यादव, दिलिपराज कार्की, बाबुनन्द पटेल, सन्तोष सिंह, रेफरि प्रशिक्षक गजेन्द्रमान सिंह श्रेष्ठ, प्रेश युनियन पर्साका  लालकिशोर सिंह, समाजसेवि लालदेव यादव लगायतकाे उपस्थिती रहेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पोखरिया गोल्डकपकाे उपाधि वीरगंज युथ एकेडमीले जित्याे

कालिका टाईम्स

नेपालले अमेरिकालाई १७ रनले हरायो

कालिका टाईम्स

श्रीदेवी माई नकआउट क्रिकेट टुर्नामेन्टकाे उपाधि प्रिन्स-११ ले जित्यो

कालिका टाईम्स
SQL requests:216. Generation time:3.105 sec. Memory consumption:81.5 mb