26 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

शंकराचार्यद्वारमा भोलन्टियरद्वारा आठौं शनिबार पनि सरसफाइ

वीरगंज । भोलेन्टियर समूह बिरगंजद्वारा आज आठौ सप्ताह पनि नेपालको मुख्य प्रवेशद्वार शंकराचार्य गेट लगायत वरिपरि सरसफाइ गरि वातावरणलाई सफा सुन्दर बनाउन कार्यमा सफल भएका छन् ।

डाइकाण्डोका प्रशिक्षक असेसर पटेलले आर्थिक अवस्थाले कमजाेर रहेका परिवारहरुका बालबालिकाहरुलाई नि:शुल्क रुपमा रामगढवामा कक्षा संचालन गर्दै आएका र सो कक्षामा रहेका ३० जना बालबालिकाले शंकराचार्य गेटमा हुने गरेको सरसफाइमा हामी बिद्यार्थीहरु पनि सहभागी हुने अनुरोध गरे अनुसार प्रशिक्षक असेसर पटेलले ३० जना विद्यार्थीहरुलाई गेटमा हुने सरसफाइ कार्यक्रममा सहभागी गराइएको भाेलन्टियर समुहका महासचिव श्याम सरार्फले वताए ।

सरसफाइ कार्यक्रममा आएका विद्यार्थीहरु सानासाना हाथमा पन्जा र मास्क लगाइ गेटको वरिपरि रहेका प्लास्टिक, गुटखा, चाउचाउ इत्यादिहरुको फ्यालिएको प्याकेटहरुलाई टिपिटिपी वातावरण सरसफा बनाउनमा खुशी खुसी सहयोग गरे । सरसफाइ पश्चात् बालकहरुले आफ्नो प्रतीभा प्रस्तुत गरि visit nepal 2020 को स्वागत एक शुभकामना ब्यक्त गरे ।

साथै सरसफाइ कार्यमा उपस्थिति सबैले छातिमा हाथ राखी रास्ट्रकाे सम्मानमा राष्ट्रगान गाई एक आपसमा नयाँ वर्ष एवं भ्रमण वर्षको शुभकामना आदानप्रदान गरेका थिए ।

कार्यक्रममा टाइकाण्डोका प्रशिक्षक असेसर पटेल, महानगपालिकाका दमकल टोलि नेता नेहाल खान, अनुप सरावगी, राधेश्याम कुमार, कमलेस कुश्वाहा, राजा सरार्फ, शेस हजरा, नुतन सरावगि, बलराम मन्डल, बिनय गुप्ता, महानगरका कर्मचारी लगायत १२० जनाको सहभागिता रहेको थियाे ।

भोलेन्टियर समुहका संयोजक राजन श्रीवास्तवको अध्यक्षतकमा भएको सरसफाइ कार्यक्रमको ब्यवस्थापन किशन सरार्फले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:219. Generation time:3.710 sec. Memory consumption:81.53 mb