Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

इप्रका पाेखरियाद्वारा एकै दिन १५ जना फरार प्रतिवादी पक्राउ

spot_img
spot_img

पर्सा । इलाका प्रहरी कार्यालय पाेखरियाले एकै दिन १४ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेकाे छ । अदालतको विभिन्न मितिको फैसला आदेशले कैद तथा जरिवाना ठहर भई फरार रहेका १४ जना फरार प्रतिवादीहरूलाई आइतबार पक्राउ गरिएकाे इलाका प्रहरी कार्यालय पाेखरियाले जनाएकाे छ ।

कुटपिट मुद्दाका फरार प्रतिवादी बहुदरमाई नगरपालिका वडा नं. ७ का अनरुद महताे काेइरी, कालिकामाई गाउँपालिका वडा नं. २ का सुरेश प्रसाद चाैरसिया, राजिव कुमार चाैरसिया, ईश्वर प्रसाद चाैरसिया, बिरेश प्रसाद चाैरसिया, पाेखरिया नगरपालिका वडा नं. २ का नकुल राउत कुर्मी, भिम राउत कुर्मी, अर्जुण राउत, सत्यनारायण पासवान, पारस साह कानु, भिखारी ठाकुरलाई पक्राउ गरिएकाे इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक चन्द्र सिंहले वताए ।

यस्तै सवारी ज्यान मुद्दाका फरार प्रतिवादी छिपहरमाई गाउँपालिका वडा नं. ४ निवासी अमिरका महताे केवट, वन मुद्दाका कालिकामाई गाउँपालिका वडा नं. १ का रामबिश्वास महताे चाई, बहुदरमाई वडा नं. ३ ईनुस देवान, कुटपिट तथा लुटपिट मुद्दाका बहुदरमाई नगरपालिका वडा नं. ७ का सुरेश महताे काेइरीलाई एकै दिन पक्राउ गरिएकाे प्रहरी निरिक्षक सिंहले जानकारी गराए ।

पक्राउ परेकाहरुलाई आइतबार नै पर्सा जिल्ला अदालत वीरगंज पर्सामा बुझाएको प्रहरी निरिक्षक चन्द्र सिंहले वताए । फरार अभियुक्त्तलाई पक्राउ गर्ने बिशेष अभियान अन्तर्गत सबै जनालाई एकै दिन पक्राउ गरिएकाे उनले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

वीरगंजको अलौमा मोटरसाइकलको ट्याङ्कीभित्र लुकाएको ९.५ किलो चरेस बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१७ अलौबाट सशस्त्र प्रहरीले मोटरसाइकलको ट्याङ्कीभित्र फल्स बटम बनाएर लुकाइएको अवस्थामा करिब ९.५ किलो चरेसजस्तो देखिने पदार्थ बरामद गरेको छ...

तीन महिनापछि महानगर फर्किए मेयर राजेशमान सिंह, सम्हाले पदभार

वीरगंज । विशेष अदालतबाट सफाइ पाएपछि स्वतः पुनर्बहाली भएका वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले तीन महिनापछि बुधबार महानगरपालिका कार्यालय पुगेर पुनः पदभार ग्रहण गरेका...

रामाकान्त चौरसियासहित रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले निर्धारित समयसीमाभित्र सम्पत्ति विवरण नबुझाउने आफ्ना २४ जना सांसदको नामावली सार्वजनिक गरेको छ । संसद् सचिवालयबाट पटक–पटक...