Date
बुध, साउन १३, २०८३
Wed, July 29, 2026

वीगंजकाे फुटपाथमा निजी ट्रान्सफर्मर, आदर्शनगर ग्रिनसिटी कुरुप बन्दै

spot_img
spot_img

वीरगन्ज । वीरगन्ज महानगरपालिकालाई ग्रिनसिटि बनाउने कार्य भइरहँदा जथाभावी जडान गरिएको ट्रान्सफर्मरको कारण सहर कुरुप बन्दै गएको छ ।

वीरगन्ज महानगरपालिका वडा नं. १० आदर्शनगर स्थित ग्रिनसिटि सामुदायिक सेवा केन्द्रले वीरगन्जलाई ग्रिनसिटि बनाउन विभिन्न प्रयासहरु गरि रहँदा विद्युत प्राद्यिकरणले जडान गरेको ट्रान्सफर्मरले वीरगन्जको सौन्दर्यतालाई गुमाउनुको साथै फुटपाथमा हिँड्ने सर्वसाधारणहरुले पनि सास्ती भोग्नु परि रहेको छ ।

सार्वजनिक कार्यको लागि फुटपाथमा ट्रान्सफर्मर जडान भएको भए त्यसबाट सबैले लाभ लिन्थे होला तर सार्वजनिक कार्यभन्दा पनि निजी कार्यका लागि वीरगन्ज महानगरपालिका भित्र तीन दर्जन भन्दा बढि ट्रान्सफर्मरहरु फुटपाथमा जडान गरिएको छ ।

खास गरेर वीरगन्जको व्यापारिक क्षेत्र रहेको आदर्शनगर क्षेत्रमा मात्रै तीन दर्जन भन्दा बढि निजी ट्रान्सफर्मरहरु जडान गरिएको छ । आदर्शनगर क्षेत्र भित्र रहेका बैंक तथा वित्तिय संघ सँस्थाहरु, उद्योगको कार्यालय लगायत सँस्थाहरुले आफ्नो निजी प्रयोगका लागि सार्वजनिक फुटपाथमा ट्रान्सफर्मर जडान गर्न लगाएका छन्, जसले गर्दा वीरगन्ज सहरले सौन्दर्यता गुमाउनुको साथै फुटपाथमा हिँड्ने पैदल यात्रीले सास्ती खेप्नु परि रहेको छ ।

फुटपाथमा जडान गरिएको ट्रान्सफर्मरको कारण बेला बखत सर्ट सर्किट भएर ट्रान्सफर्मरमा आगो लाग्ने गरेको छ, जसको प्रत्यक्ष असर त्यहाँ फुटपाथमा हिँड्ने सर्वसाधारणलाई परि रहेको छ । कुनै पनि वित्तिय संघ सँस्था तथा उद्योगी कार्यालयहरुले आफ्नो निजी प्रयोगको लागि ट्रान्सफर्मर जडान गर्दा अरुलाई बाधा नपुग्ने गरि सकेसम्म आफ्नो क्षेत्राधिकार भित्र ट्रान्सफर्मर जडान गर्नुपर्ने हो तर त्यसो नगरी अधिकाँश यस्ता संघ सँस्थाहरुले सार्वजनिक फुटपाथ स्थलमा ट्रान्सफर्मर जडान गर्न लगाएका छन् ।

वीरगन्ज आफैमा औद्योगिक नगरी हो र यहाँ दर्जनौं उद्योगहरु छन् । उद्योगहरु वीरगन्ज बजार रहेपनि त्यसको मुख्य कार्यालय भने वीरगन्जको मुख्य बजार क्षेत्रमा रहेको छ, जसको लागि चाहिने विद्युत प्रवाहका लागि ट्रान्सफर्मर जडान गरिएको छ ।

अर्कोतर्फ बैंक वित्तिय सँंस्थाहरुले ट्रान्सफर्मर मात्रै नभई आफ्नाे पार्किङ्ग स्थल हुँदाहुँदै प्रयोगमा नल्याई सार्वजनिक पार्किङ्ग स्थललाई प्रयोग गरि ट्राफिक जामको समस्यालाई पनि बढावा दिदै आएको छ । वीरगन्जलाई व्यवस्थित ग्रिनसिटि बनाउनका लागि गठित ग्रिनसिटि सामुदायिक सेवा केन्द्रले पटक पटक पहल गर्दा पनि त्यो कार्यान्वयमा आउन सकेको छैन ।

केही दिन अघि मात्रैं वडा दशैंको बेला वीरगन्ज  ४ वीर्ता स्थित वडा प्रहरी कार्यालयको सहयोगमा बैंक वित्तिय सँस्थाहरुलाई आफ्नो पार्किङ्ग स्थल प्रयोग गर्न आग्रह सहित चेतावनी पनि दिइएको थियो तर त्यो कार्यान्वयन हुन सकेन । जति पनि आग्रह गर्दा, चेतावनी दिदा बैंकहरु अटेर गर्दै आएका छन् ।

विद्युतीय ट्रान्सफर्मरबारे पनि ग्रिनसिटिले पहल गर्दा कोही कसैले चासो नदेखाएको ग्रिनसिटि सामुदायिक सेवा केन्द्रका अध्यक्ष प्रकाश खेतानको गुनासो छ । वीरगन्जलाई ग्रिनसिटि बनाउन आफूहरु कसरत गरि रहँदा यो ट्रान्सफर्मरहरुले पनि समस्या उत्पन्न गराएको भन्दै यसलाई निजी सँस्थाहरुले आआफ्नो क्षेत्राधिकार भित्र ल्याउन आग्रह समेत गरे ।

यसबारे नेपाल विद्युत प्राद्यिकरण वितरण केन्द्र वीरगन्जका प्रमुख शम्भु प्रसाद यादवले विद्युतीय लाइन सार्वजनिक क्षेत्रमा नै जडान गर्नुपर्ने भएपनि निजी प्रयोगका लागि चाहिने ट्रान्सफर्मर आफ्नो क्षेत्राधिकारभित्र जडान गर्नुपर्ने बताए ।

उनले निजी कम्पनी, उद्योग, फर्महरुले आफूलाई ट्रान्सफर्मर जडान गर्न दिएको निवेदनको आधारमा अरु कसैलाई मर्का नपर्ने गरि सार्वजनिक स्थल अर्थात आफ्नो निजी स्थलमा जडान गर्नुपर्ने हो तर वीरगन्जमा मुख्य सडक छेउमै कम्पनी, उद्योग, फर्महरुको कार्यालय भएको कारण उनीहरुले सडक फुटपाथमा ट्रान्सफर्मर जडान गर्न लगाएका छन्, र त्यसबाट सर्वसाधारणलाई पक्कै सास्ती पुगेको हो, तर यसलाई अबको दिनमा व्यवस्थित गर्दै लैजानुपर्ने बताए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पटेर्वा सुगौलीमा समावेशी तथा गुणस्तरीय शिक्षा सम्बन्धी समन्वय बैठक सम्पन्न

वीरगंज । समावेशी तथा गुणस्तरीय शिक्षा सम्बन्धी समन्वय बैठक मंगलबार पर्साकाे पटेर्वा सुगौली गाउँपालिकामा सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग तथा People...

वीरगंज २५ का वडाध्यक्ष चतुर्वेदीको पक्राउ, तत्काल रिहा नगरे आन्दोलनको चेतावनी

वीरगंज । वीरगंज महानगरपालिका–२५ का वडा अध्यक्ष आशुतोष चतुर्वेदीलाई प्रहरीले नियन्त्रमा लिएकाे छ । नारायणी अस्पतालकाे घटनामा सम्बन्धमा साेधपुछकाे लागि नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे...

नारायणी अस्पताल घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ : आजपा पर्सा इन्चार्ज साह

वीरगञ्ज । आम जनता पार्टी (आजपा) पर्सा जिल्ला कमिटीले नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको कुटपिट, आन्दोलनरत चिकित्सकमाथि प्रहरी प्रशासनबाट भएको दुव्र्यवहार तथा त्यसको प्रभावस्वरूप...