Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

वीरगंजमा पुरुष दिवस मनाइयाे

spot_img
spot_img

वीरगंज । महिला माथि हुने हिंसा अन्त्य गर्न मेरो ऐक्यबद्धता भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय पुरुष दिवस वीरगंजमा मनाइएकाे छ । हामी दाजु भाईकाे आयाेजनामा वीरगंजमा ~याली तथा काेण सभाकाे आयाेजना गरि दिवस मनाइएकाे हाे ।

पित्तृसत्ता र पुरुसत्व जस्ता विषयले जसरी महिलालाई गाँजेको छ त्यसै गरी पुरुष र बालकहरु पनि यसका कारण समस्यामा छन् । तसर्थ लैंगिक हिंसा विरुद्ध पुरुषहरुको ऐक्यबद्दता, लैंगिक असमानताका कारण पुरुष र बालकमाथि परेको असर र समाजमा पुरुष र बालकहरुले गरेका सकारात्मक कामहरुको बारेमा चर्चा गर्ने उद्देश्यले तथा नेपाल सरकारले वि.सं. २०७६ लाई “लैंगिक हिंसा विरुद्ध अभियान वर्ष” घोषणा गरेको सन्दर्भमा यसवर्ष दिवस मनाइएकाे हाे ।

गत वर्ष यौन दुव्र्यवहारमा बालक पनि पर्दछन् भन्ने नाराका साथ पहिलो पटक नेपालमा अन्तर्राष्ट्रिय पुरुष दिवस मनाइएको थियो ।

वीरगंजकाे घण्टाघरबाट विभिन्न नारा लेखिएकाे प्ले कार्ड सहित निस्केकाे ~याली माईस्थानमा पुगी काेण सभामा परिणत भएकाे थियाे । सभामा वाेल्ने वक्ताहरुले जसरी महिला दिवस हाम्रा आमा, दिदी, वहिनीप्रतिको सम्मानको दिवस हो त्यसरी नै पुरुष दिवस हाम्रा जीवनमा देखिएका असल पुरुषहरुप्रतिको सम्मानको दिवस भएकाे वताए ।

दिव्य युवा क्लबका कार्यक्रम प्रमुख रामाकान्त पटेलकाे अध्यक्षतामा भएकाे काेण सभामा बिरगंज महानगरपालिकाकी उप-मेयर शान्ति कार्की, भिजिट मधेशका राष्ट्रिय संयोजक ओमप्रकास सरार्फ, विद्यार्थी नेता बद्रीनाथ तिवारी, वीरगन्ज युवा समाजका अध्यक्ष कमल चौलागाईं, समाज सेवी जलेश्वर सरार्फ, धर्मेन्द्र पटेल, कोपिला चौलागाईं लगायतकाले मन्तव्य राखेका थिए ।

डेभलपमेन्ट समाज पर्साका अध्यक्ष राहुल गुप्ताकाे संयाेजनमा भएकाे कार्यक्रमकाे सहजिकरण बाल अधिकार कर्मी जया साहले गरेका थिए । वीरगंजमा पहिलाे पटक पुरुष दिवसकाे अवसरमा कार्यक्रमकाे आयाेजना गरी मनाईएकाे हाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

मधेशको शिक्षा सुधारबारे शिक्षा मन्त्रीसँग आम विद्यार्थी मोर्चाका पाँच खुला प्रश्न

वीरगंज । आम विद्यार्थी मोर्चाले मधेशका विद्यालयमा देखिएका शैक्षिक तथा भौतिक समस्याबारे शिक्षा मन्त्री सुस्मित पोखरेलसँग पाँचवटा खुला प्रश्न गर्दै तत्काल सुधारका लागि ठोस...

सुखचैनाको विद्यालयलाई मनोज ग्यासको १ लाख ४४ हजार सहयोग, स्वास्थ्य चौकीलाई दुई थान एसी

वीरगंज । वीरगंज महानगरपालिका–२१ सुखचैनास्थित श्री नेपाल राष्ट्रिय गीता गजेन्द्र जोशी माध्यमिक विद्यालयमा शिक्षक व्यवस्थापनका लागि मनोज ग्यास प्रालिले १ लाख ४४ हजार रुपैयाँ...

पर्साका प्रहरीलाई घामबाट हुने छालासम्बन्धी समस्या र फोटो प्रोटेक्सनबारे स्वास्थ्य सचेतना

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा प्रहरी अधिकृत तथा कर्मचारीलाई घामबाट हुने छालासम्बन्धी समस्या र फोटो प्रोटेक्सनबारे स्वास्थ्य अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ...