Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

प्लास्टिक मुक्त वीरगंज घोषणा सफल बनाउन जनप्रतिनिधिलाई एसएमएस

spot_img
spot_img

वीरगंज । हाम्रो वीरगंज राम्रो वीरगंज अभियानले आज वीरगंज महानगरपालिकाका जनप्रतिनिधिलाई एसएमएस पठाएको छ ।

अभियानले तपाईले घोषणा गरेको प्लास्टिक मुक्त्त वीरगंज सफल भयो ? भको छैन भने तपाईको केही भुमिका छ कि ? घोषणा मात्र उद्देश्य थियो र ? लेखेको एसएमएस वीरगंज महानगरपालिकाका मेयर विजय सरावगी, उप मेयर शान्ति कार्की सहित महानगरका सबै वडा अध्यक्षहरुलाई पठाएको हो ।

वीरगंजको घण्टाघरमा जम्मा भएका अभियान्ताहरुले एक साथ आ आफ्नो मोबाईलबाट सबै जनप्रतिनिधिहरुलाई एसएमएस पठाएका हुन् ।

नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहान, उपाध्यक्ष केशी लामिक्षाने, अधिवक्ता कमल मोहन पोखरेल, अभियान्ता राकेश यादव, शिवनाथ यादव, निरज पिठाकोठे मगर, कविता खड्का, राजन श्रीवास्तव, सुरेश विडारी, महिमा चौधरी, शम्भु कुमार सुमन, रिषु श्रीवास्तव, सन्धया पाैडेल लगायतकाले प्लास्टिक मुक्त वीरगंज घोषणा सफल बनाउन दबाव दिन जनप्रतिनिधिहरुलाई एसएमएस पठाएका हुन् ।

यस अघि अभियानले वीरगंजको माईस्थान चाेकमा प्लस्टिकको झोला प्रयोग नगर्न आग्रह गर्दै प्रदर्शन समेत गरेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

मधेशको शिक्षा सुधारबारे शिक्षा मन्त्रीसँग आम विद्यार्थी मोर्चाका पाँच खुला प्रश्न

वीरगंज । आम विद्यार्थी मोर्चाले मधेशका विद्यालयमा देखिएका शैक्षिक तथा भौतिक समस्याबारे शिक्षा मन्त्री सुस्मित पोखरेलसँग पाँचवटा खुला प्रश्न गर्दै तत्काल सुधारका लागि ठोस...

सुखचैनाको विद्यालयलाई मनोज ग्यासको १ लाख ४४ हजार सहयोग, स्वास्थ्य चौकीलाई दुई थान एसी

वीरगंज । वीरगंज महानगरपालिका–२१ सुखचैनास्थित श्री नेपाल राष्ट्रिय गीता गजेन्द्र जोशी माध्यमिक विद्यालयमा शिक्षक व्यवस्थापनका लागि मनोज ग्यास प्रालिले १ लाख ४४ हजार रुपैयाँ...

पर्साका प्रहरीलाई घामबाट हुने छालासम्बन्धी समस्या र फोटो प्रोटेक्सनबारे स्वास्थ्य सचेतना

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा प्रहरी अधिकृत तथा कर्मचारीलाई घामबाट हुने छालासम्बन्धी समस्या र फोटो प्रोटेक्सनबारे स्वास्थ्य अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ...