Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

दाइजो नल्याउँदा २२ वर्षीय युवतीको हत्या

spot_img
spot_img

विराटनगर । विराटनगर महानगरपालिका-११ कि विवाहित एक युवतीको शव सीमावर्ती भारतीय बजार जोगवनीदेखि तीन किमि दक्षिण परमान खोलामा आइतबार फेला परेको छ।

भारतको जोगवनी प्रहरी चौकीका प्रमुख अफताब अहमदले दिएको जानकारीअनुसार विराटनगर-११ माइती भएकी २२ वर्षीया रन्जना सहनीको शुक्रबार राति भारतको अररीया जिल्लाको जोगवनीस्थित भेडयारीमा हत्या भएको अनुमान गरिएको छ।

मृतकको अनुहार र शरीरको विभिन्न भागमा चोटपटक देखिएको छ। सहनीलाई दाइजोका लागि उनका परिवारका सदस्यले दबाब दिँदै आएका थिए। दाइजो नल्याएको रिसमा उनको हत्या भएको आशंका स्थानीयले गरेका छन्।

भारतीय प्रहरीले हत्या आरोपमा मृतकका पति भारतीय नागरिक जोगवनी भेडयारीका–२५ वर्षीय भीम बहरदार सहनी, ससुरा सैनी बहरदार, जेठाजु अर्जुन बहरदार र छिमेकी शिवानन्द मुखियालाई पक्राउ रहेको छ।

सासू र जेठानी भने फरार रहेकोमा उनीहरुलाई खोजीकार्य भइरहेको भारतीय प्रहरीको भनाइ रहेको छ।

कुटपिटपछि उनको हत्या भएको अनुमान गरिएको छ। थप आवश्यक अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ।

रञ्जनाको ८ महिना अगाडी २३ फागुनमा बहरदारसँग मागी विवाह भएको थियो। दाइजो स्वरुप माग गरिएको २ लाख रुपैयाँ नदिंदा छोरीको हत्या भएको माइती पक्षको दाबी छ।

पन्ध्र दिन अगाडि पनि ज्वाइँले पसल खोल्नलाई रकम चाहिएको भन्दै दबाब दिएको र नदिएमा रञ्जनाको हत्या गर्ने धम्की दिएको माइती पक्षको आरोप छ।

विवाह पछि पनि ऋण काढेर ज्वाइँलाई मोटरसाइकल किनेर दिएको माइती पक्षले प्रहरी समक्ष बताएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
दिपेन्द्र यादव
दिपेन्द्र यादव
बारा प्रतिनिधि ९८४५२६१५२७

थप समाचार

एमाले वीरगंज महानगर कमिटीमा लियाकत अली नेतृत्वलाई मान्यता, सुन्दर कुर्मीको नियुक्ति बदर

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मधेश प्रदेश कमिटीले पर्सा जिल्ला कमिटीको नामबाट वीरगंज महानगर कमिटीको अध्यक्षमा सुन्दर कुर्मीलाई गरिएको नियुक्ति बदर गरेको छ...

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...