Date
बुध, साउन ६, २०८३
Wed, July 22, 2026

दलालको घेराबन्दीमा महानगर : सांसद यादव

spot_img
spot_img

वीरषंज । जनताको सेवाका लागी जितेका महानगरपालिकाका मेयर दलालको घेराबन्दीमा परेकाले स्थानीयहरु समस्या परेको सांसद प्रदिप यादवले बताउनु भएका छन् ।

वीरगंज महानगरपालिकाको वडा नम्बर ३२ चोर्नीमा आयोजित जनता दर्शन अभियान कार्यक्रममा बोल्दै उहाँले मेयरले प्रभावकारी काम गर्न नसकेकाले वडावासीको समस्या समेत आफुले गर्नुपरेको छ । काम गर्ने ईच्छा हुदाँ हुदैपनी दलालको घेराबन्दीमा रहेकाले मेयरले काम गर्न नसकेको हो, एउटै उपाय छ, जबसम्म दलाललाई पाखा लगाईदैन तबसम्म महानगर समृद्ध नहुने उहाँको भनाई थियो ।

अपनेके सांसद अपनेकेद्वार भन्ने नारा सहित सञ्चालित जनता दर्शन अभियानमा जनताको गुनासो र समस्या सुन्दै र समाधान गर्दै आइरहेका सांसद यादवले चोर्नीको पोल पोलमा बती नरहेको स्थानीयहरुको गुनासोलाई उनले एक साताभित्र गराउने प्रतिबद्धता जनाएका थिए ।

यसैगरी आउँदै गरेको छठपर्वका लागी छठ पुजास्थलको बाटो दयनिय रहेकाले बाटो बनाईदिन सांसद यादवलाई स्थानीयहरुले आग्रह गरेका थिए । सांसद यादवले छठ पर्व अगाडी नै उक्त बाटो बनाईदिने प्रतिबद्धता जनाए ।
यससंगै २०१४ सालमै स्थापना भएको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय स्तोरउन्नतीसंगै प्लस टु सम्म अपग्रेड गराईदिने स्थानीयहरुको माग थियो । आफनै गाऊँ ठाऊँका गरिब निमुखा जनताले वीरगंज जानै पर्ने बाध्याताले प्रावि सम्म मात्रै पढाउने गरेको अपग्रेड भए प्लस टु सम्म पढाउन सकिने स्थानीय पुर्व गाविस अध्यक्ष कैलाश यादवको भनाई थियो ।

सम्बोधनको क्रममा सांसद यादवले जिर्णोद्वार विद्यालय यसैवर्ष सके आफ्नो सांसदिय कोषबाट नभए समाजसेविहरुको सहयोगले गर्ने प्रतिबद्धता जनाए । यससंगै गरिब निमुखा जनताको छोराछोरी विद्यालय अपग्रेड नभएकाले पढ्न नपाउने समस्या सामाधानका लागी वीरगंज महानगरको शिक्षा ईकाई र शिक्षा विभागलाई पत्र लेखेर अपग्रेड गराउन लगाउने उनको प्रतिबद्धता थियो ।

संघिय समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष बाशुदेव यादवको सभापतित्वमा समपन्न भएको कार्यक्रममा पुर्व गाविस प्रमुख कैलाश यादव, समाजवादी पार्टीका ईकाइ अध्यक्ष भोगेन्द्र महतो, पुर्व वडा अध्यक्ष रामायण महतो, भैरव महतो, विष्णु यादव, युवा नेता निखिल वर्णवाल लगायतको उपस्थिति रहेको थियो ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

जीतपुर–सिमरामा इँटा, काठ, कोइला र क्लिङ्करमा कर असुली गैरकानुनी भएको उद्योगीको दाबी

वीरगंज । जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत इँटा, काठ, पिना, कोइला र क्लिङ्करमा कर असुल गरिरहेको भन्दै उद्योगी–व्यवसायीहरूले उक्त करलाई गैरकानुनी भएको दाबी गरेका छन्...

कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा भएका छन् । अभद्र व्यवहार मुद्दामा पक्राउ परेका वडाध्यक्ष पटेल १० हजार रुपैया...

सिर्सिया नदी प्रदूषणमा सरकारकाे एक्सन : १२ उद्योगलाई १०/१० लाख जरिवाना

वीरगंज । बारा–पर्साको सिर्सिया नदी आसपास सञ्चालित उद्योगहरूले वातावरणीय मापदण्ड उल्लंघन गरेको पुष्टि भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १२ उद्योगलाई जनही १० लाख...