Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

पर्यटन प्रबर्धन सम्बन्धी वीरगंजमा अन्तरक्रिया

spot_img
spot_img

वीरगंज । अतिथी देवभावको भावन व्यवाहारमा लागु गर्नु पर्ने वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले वताएका छन । होटल मकालु वीरगंजमा शुक्रबार भएको पर्यटन प्रर्वधन सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मेयर सरावगीले पर्यटन प्रर्वधनको लागि अतिथी देवभवको भावनालाई व्यहारमा लागु गर्नु पर्नेमा जोड दिए ।

पर्यटकलाई चेकजांचको बहानामा दुःख दिने काम भएका कारण पनि वीरगंजको पर्यटनमा अवसर परेको उनले वताए । भारतको सिमामा रहेको वीरगंजमा आउने पर्यटकको गाडी चेकजांच गर्ने बहानामा टर्चर दिने काम सम्बन्धीत निकायबाट सच्चयाउनु पर्ने मेयर सरावगीले धारणा राखे ।

नेपालमा अतिथीलाई देवता मान्ने गरिएको ठाउँमा थर्काएर व्यहार गरे हाम्रो प्रतिष्ठामा पनि आंच आउने उनको भनाई थियो । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मेयर सरावगीले वीरगंज सम्भावना बोकेको ठाउँ भएकोले आर्थिक नगरी भए जस्तो पर्यटक नगरी पनि होस भने आफुले चाहेको वताए ।

visit madesh_kalikatimes

कार्यक्रममा भिजिट मधेशका संयोजक ओमप्रकाश सर्राफ पर्यटन प्रबर्धन सम्बन्धी अवधारणा पत्र प्रस्तुत गर्दै विकास र समृद्धिमा पर्यटन क्षेत्रको ठुलो योगदान हुने वताए । उनले विश्वको परिवेशमा पर्यटन क्षेत्रको दायरा र महत्व दिनप्रतिदिन फराकिलो हुँदै गएकोले हाम्रो मुलुकको पनि बढाउनु पर्ने वताए ।

पर्यटन प्रर्बधनले सामाजिक चेतना बिकास, सरसफाई–पर्यावरण स्वच्छतामा सकारात्मक प्रभाव तथा स्थानिय पहिचान, कला, सांस्कृतिको जर्गेना र संरक्षण हुने समेत वताए । पर्यटन प्रबर्धनले स्थानिय उत्पादन, हस्तकलाले बजार पाउने सम्भावना बढेर जाने समेत संयोजक सर्राफको भनाई थियो ।

वीरगंज महानगरपालिकाको आयोजनामा र भिजिट मधेशको संयोजनमा भएको कार्यक्रममा वीरगंज महानगरपालिकाकी उप मेयर शान्ति कार्की, नेकपाका वीरगंज महानगर अध्यक्ष रहबर अन्सारी, नेपाली कांग्रेसका पर्सा सचिव श्याम पटेल, सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेत, वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भानुभक्त बराल, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का उपाध्यक्ष केशी लामिक्षाने, पर्सा अध्यक्ष श्याम बन्जारा, वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाई लगायतकाले मन्तव्य राखेका थिए ।

विश्व पर्यटन दिवसको अवसरमा भएको कार्यक्रमको संचालन हेमन्त तमांगले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...