Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

पर्यटन दिवसको अवसरमा मन्दिर सरसफाई

spot_img
spot_img

वीरगंज । नेपाल युवा परिषद् पर्साले शुक्रवार वीरगंजको माईस्थान स्थित गहवामाई मन्दिर परिसरमा सरसफाई गरेको छ । विश्व पर्यटन दिवसको अवसरमा नेपाल युवा परिषद्को केन्द्रिय कार्यक्रम अनुसार नेपालका अन्य जिल्ला जस्तै पर्सा जिल्लामा पनि सरसफाई गरिएको हो ।

सरसफाई कार्यक्रममा वक्ताहरुले सरसफाईको लागि महानगर तथा अन्य सरसफाई अभियन्ताको आसामा नबसी सबैले आ–आफ्नो घरबाटै सरसफाईको शुभारम्भ गर्नु पर्नेमा जोड दिएका थिए । हप्तामा कम्तिमा एक पटक (शनिवार)को दिन आफ्नो घर, टोल, समाजमा सरसफाई गरे विभिन्न रोगहरुबाट बच्न सकिने बताएका थिए ।

पर्सा लगायत नेपाल खुल्ला दिसामुक्त क्षेत्रमा सक्रियताका साथ लागेकोले चाडै नै नेपाल खुल्ला दिसामुक्त घोषणा हुन लागेको बताउदै सरसफाईमा पनि सबैले सक्रियताका साथ लागेमा फोहर स्वच्छ, सफा जिल्ला बनाउन समय नलाग्ने बताएका थिए । नेपाल युवा परिषद् पर्साका अध्यक्ष श्रवण प्रसाद साहको अध्यक्षता भएको कार्यक्रममा सामाजिक अभियनता प्रकाश थारु, सरसफाई अभियनता बिरेन्द्र कुमार साह, आरती घिमिरे, सत्यम पब्लिक कलेजका डाईरेक्टर अजय यादव लगायतकाले सरसफाईका बारेमा आ–आफ्ना बिचार राखेका थिए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वीरगंज महानगरका अध्यक्ष एवं युवा नेता रहबर अंसारी, होटल व्यवसायी संघ प्रदेश नं. २ का सचिव एवं होटल व्यवसायी संघ पर्साका महासचिव तबरेज आलम, भिजिट मधेसका ओमप्रकाश सर्राफ, नेपाल पोष्ट डेलीका प्रकाशक मनोज पटेल, युवालयका जया साह, नेपाल युवा परिषद्का सचिव अजय कुमार चौरसिया, त्यसैगरी नेपाल युवा परिषद्का एस.एम. जहाँगस्त, दिपु वर्णवाल, दिपेन्द्र गिरी, सत्यम पब्लिक कलेजका विद्यार्थीहरु, स्थानियबासी लगायतको समुहले माईस्थान मन्दिर परिसर, माईस्थान पार्क लगायतका स्थानमा सरसफाई गरेका थिए ।

कार्यक्रममा युवालय, डिभिजन बन कार्यालय पर्सा, सत्यम पब्लिक कलेज, वीरगंज जेसिज, होटल व्यवसायी संघ पर्सा, होटल अमान पैलेस, मिडिया पार्टनहरुमा भोजपुरी टाइम्स दैनिक, नेपाल पोष्ट डेली, रेडियो तराई, जी नेपाल टिभी लगायतका विभिन्न संघ संस्थाहरुले सहयोग पु¥याएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

वीरगंजको मुख्य सडक केबलरहित बनाइँदै, विद्युत् र टेलिकमसहितका संरचना भूमिगत गरिने

वीरगंज । विस्तारको क्रममा रहेको वीरगंजको मुख्य सडकलाई केबलरहित बनाउँदै विद्युत्, खानेपानी, टेलिकम तथा अन्य आवश्यक सेवाका संरचना भूमिगत गर्न पहल गरिने भएको छ...

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...