Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

जिम्बावेसँग प्रतिस्पर्धा गर्दै नेपाल

spot_img
spot_img

त्रिकोणीय टी-२० अन्तर्राष्ट्रिय सिरिजमा आज नेपालले टेस्ट राष्ट्र जिम्बावेसँग प्रतिस्पर्धा गर्दैछ। खेल शुक्रबार नेपाली समयअनुसार साँझ सवा पाँच बजे सुरु हुनेछ।

टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपाल र जिम्बावेबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। एकदिवसीय खेलमा भने नेपाल र जिम्बावेबीच १८ महिनअघि प्रतिस्पर्धा भएको थियो। जिम्बावेको बुलावायोमा २०१८ को मार्च ४ मा एकदिवसीय विश्वकप छनोट अन्तर्गत भएको खेलमा जिम्बावेले नेपाललाई ११६ रनले पराजित गरेको थियो।

सिरिजमा नेपालले सिंगापुरसँग शनिबार प्रतिस्पर्धा गर्नेछ। नेपाल सिंगापुरमा प्रतिस्पर्धा गरेपछि उतैबाट ओमान जानेछ।

ओमान हुने प्रतियोगितामा आयोजक ओमान, नेपाल, आयरल्यान्ड, हङकङ र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्दैछन्। दुवै सिरिजमा गरी नेपालले ८ वटा टी-२० अन्तर्राष्ट्रिय खेल खेल्नेछ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

शुक्रबारदेखि तीन दिन भारी वर्षाको सम्भावना, बाढी–पहिरो र डुबानको जोखिम

काठमाडौं । आगामी शुक्रबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै केही स्थानमा...

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दै...

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु

वीरगंज । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीय चालक दावा लामा रहेका...