Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

नक्कली लाइसन्स बनाउने २ जना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले नक्कली सवारी चालक अनुमति पत्र बनाउने २ जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले वीरगन्ज महानगरपालिका वडा नं. ११ बस्ने ५१ बर्षको मोहनलाल राउत कुर्मी र सोहि स्थान वस्ने वर्ष ४२ को घनश्याम भण्डारीलाई पक्राउ गरेको हो ।

बाराको कोल्हवी नगरपालिका वडा नं. ४ प्रगति नगर वस्ने वर्ष २१ को रमेश चौधरीकोको नक्कली सवारी चालक अनुमति पत्र बनाउने कार्यमा संलग्न दुबै जनालाई बुधबार वीरगन्ज ११ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाउ परेकाहरुको साथबाट नक्कली सवारी चालक अनुमति पत्र बनाउन प्रयोग गरिएको कागजातहरु समेत बरामद भएको र थप अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

रामाकान्त चौरसियासहित रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले निर्धारित समयसीमाभित्र सम्पत्ति विवरण नबुझाउने आफ्ना २४ जना सांसदको नामावली सार्वजनिक गरेको छ । संसद् सचिवालयबाट पटक–पटक...

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...