Date
बुध, साउन ६, २०८३
Wed, July 22, 2026

वीरगंज विकासको बाधक केही नेताहरु बन्दै, पइसा खाएको चर्चा

spot_img
spot_img

वीरगंज । वीरगंजको मेन रोड चौडा पार्ने कार्यको बाधक पर्साका केही नेताहरु भएका छन । मेन रोड २५/२५ मिटर नतोडन नेकपा, कांग्रेस र राजपाका केही नेता सहितको जम्बोटोली काठमाण्डौ पुगे पछि वीरगंजका जनता तिनिहरु प्रति आक्रोशित भएका छन ।

त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको दामेचौर हँदै बीरगंजको शंकराचार्य सम्मको मुख्य सडकको केन्द्रभागबाट दायाँबायाँ दुबैतर्फ २५ मिटरका दरले सडक चौंडा गर्ने सुचना जारी भएपछि वीरगन्जको मुख्य सडकमा घर भएका घरधनीहरु आफनो घर जोगाउन पर्साका केहि राजनीतिक दलका नेताहरुलाई पैसा बाडेको वीरगन्जमा अहिले ब्यापक चर्चा रहेको छ ।

वीरगन्ज मेन रोडमा रहेका घर धनीहरुको खर्चमा आकासबाट सयर गर्दै काठमाण्डौ गएका पर्साका केहि राजनीतिक दलका नेताहरु भौतिक पुर्बाधार तथा यातायात ब्यबस्थामन्त्री रघुबीर महासेठलाई भेटी वीरगन्ज मेन रोड दायाँबायाँ दुबैतर्फ २५ मिटरका सडक चौंडा नगर्न आग्रह गरेका हुन । जवाफमा मन्त्री महासेठले कानुन भन्दा माथी कोई नभएको वताए पछि जम्बो टोली निराश भएको समाचार स्रोतले जनाएको छ ।

वीरगन्ज मेन रोडका घर धनीहरुको खर्चमा सयर गर्ने टोलीमा नेपाल कम्युनिष्ट पार्टीका नागेन्द्र चौधरी, राजकुमार गुप्ता, रामचन्द्र साह, जुनेद अन्सारी, प्रभुहजरा, चिरञ्जीबि आचार्य, मनोज चौधरी, नवराजशर्मा रहेका छन भने राजपाबाट प्रतिनिधी सभाका सदस्य लक्ष्मण लाल कर्ण सहभागि छन तेस्तै नेपाली कांग्रेसबाट नेता अजयकुमार द्विबेदी, रामनारायण प्रसाद कुर्मी रहेका छन ।

यता नेताहरुको खर्च तिर्ने र काठमाण्डौमा मैज मस्ती गराउन वीरगन्ज मेन रोडमा घरभएकाहरु नारायणजी रौनियार, प्रदिप केडिया, गोपाल केडिया, जबाहर प्रसाद गुप्ता, राधेश्याम गुप्ता, सन्नीगुप्ता, बीरगंज बचाउ संघर्ष समितीका सदस्याहरु रहेको श्रोतले जनाएको छ ।

तर बीरगंज महानगरपालिकाको नगर प्रमुख बिजयकुमार सरावगी, सांसदहरु प्रदिप यादव, बिमल प्रसाद श्रीवास्तब लगायतको उपस्थिति भने थिएन । मेन रोड नतोड्ने अभियानमा वीरगंज उधोग बाणिजिय संघका पदाधिकारीहरु सक्रिय देखिएका छन ।

वीरगंजको मेनरोडमा दिनहु जामहको समस्या हुने कारणले जनताहरुलाई सास्ती भोग्नु तर्फ नेताहरुको ध्यान नपुग्नु र पइसाको लोभमा विकासको वाधक बन्ने नेताहरुप्रति जनता आक्रोशित भएका छन । मेन रोड नतोडने अभियानमा लागेका नेताहरुलाई विकास विरोधी नेता भन्दै आलोचना पनि सुरु भएको छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीतपुर–सिमरामा इँटा, काठ, कोइला र क्लिङ्करमा कर असुली गैरकानुनी भएको उद्योगीको दाबी

वीरगंज । जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत इँटा, काठ, पिना, कोइला र क्लिङ्करमा कर असुल गरिरहेको भन्दै उद्योगी–व्यवसायीहरूले उक्त करलाई गैरकानुनी भएको दाबी गरेका छन्...

कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा भएका छन् । अभद्र व्यवहार मुद्दामा पक्राउ परेका वडाध्यक्ष पटेल १० हजार रुपैया...

सिर्सिया नदी प्रदूषणमा सरकारकाे एक्सन : १२ उद्योगलाई १०/१० लाख जरिवाना

वीरगंज । बारा–पर्साको सिर्सिया नदी आसपास सञ्चालित उद्योगहरूले वातावरणीय मापदण्ड उल्लंघन गरेको पुष्टि भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १२ उद्योगलाई जनही १० लाख...