Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

साझेदारी वनको अनियमितता ढाकछोप गर्न पत्रकार भेटघाटको नाटक

spot_img
spot_img

वीरगंज । पर्सागढि नगरपालीका स्थित रहेको सबैया साझेदारी वन बढनियारमा निर्मणा भइरहेको फायरलाइनको काम प्रभावित भएको छ । प्रदेश सरकारको रु २० लाखको बजेटमा निर्माण भइरहेको फायरलाइनको काम स्थानियहरुको अवरोधका कारण रोकिएको हो ।

फायरलाइन निर्माणको लागि साझेदारी बन भित्र तीन किलो मिटर ग्रेबल तथा सरसफाई गर्नु पर्ने काम हाल रोकिएको स्थानियहरुले वताएका छन । डिभिजनल वन कार्यालय पर्साका रेन्जर रेयाज अहमद अंसारीको जिम्मामा रहेको फायरलाइन निर्माण कार्य २०७५ फागुन मसान्त सम्म सम्पन्न हुनु पर्नेमा हाल सम्म नभएको स्थानियहरुले जनाएका छन ।

आर्थिक बर्ष २०७५/०७६ मा गर्नु पर्ने काम २०७६ साउनमा गर्न थालिएको र खोलहरूबाट साउन महिनामा ग्रेबल झिकन नपाउने भए पछि स्थानियहरुको अवरोधका कारण निर्माण कार्य रोकिएको हो । निर्माण भइरहेको फायरलाईनमा ग्रेबल खसाउन साउन २२ गते भतुवा खोलाबाट ग्रेबल झिकेर फारलाइनमा खसालन थाले पछि स्थानियहरूले सरोकारवालालाई जनकारी गराए पछि काम बन्द भएको वताइएको छ ।

ग्रेभल बोकेको ५ वटा ट्रेक्टर स्थानियहरुको सहयोगमा प्रहरीले नियन्त्रणमा समेत लिएको थियो भने सो ट्रेक्टर जिल्ला वन कार्यालयका प्रमुखको आदेशमा छोडिएको समाचार पनि सार्वजनिक भएको थियो । तीन किलो मिटरमा ग्रेबल गर्नु पर्ने फायरलाइनको काम अहिले लगभग एक किलोमिटर जतिमा मात्र ग्रबेल खसालिएको छ ।

वनजंगलमा हुने आगलागि नहोस र भयो भने आगोलाई छिटो नियन्त्रण गर्ने उदेश्यले फारलायन निर्माण गर्न थालिएको थियो तर समयमा निर्माण नहुदा वन जंगलमा ढडेरो नियन्त्रणको समस्या यथावत नै रहेको छ । यस बिषयमा जिल्ला वन कार्यालय पर्साका रेन्जर अंसारी संग बुझदा फायरलाइन निर्माणको समय सकिएकोले काम रोकिएको वताए ।

आर्थिक बर्ष २०७५/०७६ मा गर्नु पर्ने गर्नु पर्ने फायरलाइनको आधि मात्र काम भएको र रु ७ लाख पचास हजार मात्र खर्च भएको वताए । बजेट अभावमा काम रोकिएको अंसारीको भनाई थियो ।

केही दिन पहिला मात्र साझेदारी वनको गलत कामको ढाकछोप गर्न सबैया साझेदारी वन उपभोक्ता समितिका अध्यक्ष लखनलाल साहले पत्रकार सम्मेलन गरेका थिए । काठ बिक्री वतरण, फायरलाइन निर्माण, वृक्षारोपणमा भएको अनियमितालाई ढाकछोप गर्न अध्यक्ष साहले पत्रकार सम्मेलन गरेको एक जना साझेदारी वनका कर्मचारीले नाम नलेख्ने शर्तमा बताएका छन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रेडक्रसको केन्द्रीय सदस्य बनेका सर्राफलाई वीरगंजमा सम्मान

वीरगंज । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनीत पर्साका विक्की कुमार सर्राफलाई नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाअन्तर्गत गठित रेडक्रस एक्सन टिम (RCAT)...

शुक्रबारदेखि तीन दिन भारी वर्षाको सम्भावना, बाढी–पहिरो र डुबानको जोखिम

काठमाडौं । आगामी शुक्रबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै केही स्थानमा...

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दै...