Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

कालिकामाईको बाटो नालामा परिणत, जनप्रतिनिधिको ध्यान पुग्न सकेन

spot_img
spot_img

वीरगंज, १३ साउन ।
पर्साको कालिकामाई गाउँपालिका वडा नं. २ भेडिहारीको बाटो मर्मत अभावमा हिलो मै हुदा आवत जावत गर्न कठिनाई भए पनि जनप्रतिनिधिको ध्यान पुग्न सकेको छैन । भेडिहारीको दक्षिण स्थित मनोज नुनियाको घर देखी भोज रामको घर सम्मको बाटो हिलो मै हुदा आवत जावत गर्न कठिनाई भएको स्थानियहरुले वताएका छन ।

मर्मत अभावमा थोरै पानी पर्दा पनि बाटोे नालामा परिणत हुने गरे पनि जनप्रतिनिधिको ध्यान पुग्न नसकेको स्थानियहरुको गुनासो छ । जिर्ण बाटोमा पानी जम्मेका कारण सवारी साधन आवागमन प्रभावित हुनुको साथै पैदल आवतजावत गर्न समेत कठिनाई हुने गरेको स्थानियहरुले वताएका छन ।

भेडिहारी कै गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष भए पनि बाटो मर्मत नहुनुले स्थानियहरु जनप्रतिनिधि प्रति आक्रोशित भएका छन । भेडिहारी कै गाउँपालिका अध्यक्ष नथुनी प्रसाद कुशवाहा, उपाध्यक्ष राजेश चौरसिया र वडाध्यक्ष सोनालाल चौरसिया रहेका छन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि चार हजार ९९९ मै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले...